कोरोना संक्रमणपछि बेड नपाएर ज्यान गुमाएका बुवाको किरिया बसिन् छोरी

कोरोना संक्रमणबाट ज्यान गुमाएका बुटवल उपमहानगरपालिका वडा नम्बर ७ का वडा सदस्य नवीन थापाको किरिया छोरीले गरेकी छन् । वैशाख २४ गते आईसीयू बेड नपाउँदा भैरहवाको युनिर्भसल कलेज अफ मेडिकल साइन्सजेज (युसिएमएस) अस्पतालबाहिर एम्बुलेन्समै थापाको मृत्यु थियो ।  थापाकी २१ वर्षिया छोरी इशा बुधबारदेखि किरिया बसेकी हुन् । परिवारकी एक्ली छोरी इशाले बाबाको किरिया आफैँले गर्ने इच्छा जाहेर गरेपछि परिवारले उनलाई नै अगाडि सारेको हो । छोरा र छोरी समान हुन्, किरिया छोरी पनि बस्न सक्छन् भनेर आफूले बुवाको किरिया गरेको इशाल...