काठमाण्डौ – अदालतको अवहेलना मुद्दामा चार जना पूर्वप्रधानन्यायाधीशहरूले सर्वोच्च अदालतमा आफै उपस्थित भएर जवाफ दिएका छन् । अवहेलना मुद्दामा जवाफ पेस गर्दै पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा, मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशीला कार्कीले आफूहरूको विज्ञप्तिले न्याय सम्पादनमा कुनै असर नगर्ने र नागरिकको बोल्न पाउने हकअन्तर्गत विचार राखेको बताएका हुन् ।
सर्वोच्चमा पूर्वप्रधानन्यायाधीश अनुपराज शर्माले एकल जवाफ बुझाउनुभएको छ भने पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, मीनबहादुर रायमाझी र सुशीला कार्कीले संयुक्त जवाफ बुझ...