नयाँ परियोजनामा लगानी गर्न अमेरिका तयार

अर्थमन्त्री डा प्रकाशशरण महतसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन्ले शिष्टाचार भेट गरेका छन् । आज मन्त्रालयमा भएको भेटमा दुई देशबीच सहयोगको दायरा अझ फराकिलो बनाउने विषयमा छलफल भएको थियो । कुन–कुन क्षेत्रमा अमेरिकाले थप अनुदान सहयोग उपलब्ध गराउन सक्छ भन्ने विषयमा मन्त्री डा महत र राजदूत थम्पसन्बीच छलफल भएको मन्त्री डा महतले बताए […]

सम्बन्धित सामग्री

अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो: अर्थमन्त्री पुन

नेपालसँग थप सहकार्य तथा विकास परियोजनामा लगानी गर्न चाहिरहेको उनको भनाइ छ ।

चन्द्रमामा चन्द्रकम्प

पृथ्वीमा जाने भूकम्प भएझैं चन्द्रमामा पनि चन्द्रकम्प गइरहने पछिल्लो अुसन्धानले देखाएको छ । यो अनुसन्धानपछि चन्द्रमामा मानव बस्ती बसाउने अमेरिकी योजना’bout पुनर्विचार हुनसक्ने धेरै वैज्ञानिकको अनुमान रहेको छ । चन्द्रकम्पले पृथ्वीका वैज्ञानिकको सोच र परियोजनामा पनि कम्पन अवश्यै ल्याइदिएको छ । सबैभन्दा बढी त चन्द्रमामा सहर बसाउने सपना देखिरहेको अमेरिका नराम्रो गरी तर्सन पुगेको छ […] The post चन्द्रमामा चन्द्रकम्प appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘आइमेक’ कोरिडोर र नेपाल

काठमाडौं। हालै (सेप्टेम्बर ९ र १०) भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न जी–२० सम्मेलनको अवसरमा ‘इन्डिया–मिडिल इस्ट–यूरोप इकोनोमिक कोरिडोर’ (आइमेक) परियोजना अघि बढाउन समझदारी (एमओयू) भएपछि यतिखेर त्यस परियोजनाबारे विश्वभर चर्चा चुलिएको छ ।  तीन महादेशलाई जोड्ने उक्त परियोजनाबाट आर्थिक विकासमा निकै मद्दत पुग्ने अपेक्षा गरिएको छ । आइमेकले अहिले भइरहेको भारतदेखि यूरोपसम्मको व्यापारलाई झन्डै ४० प्रतिशत छिटो बनाउनेछ । छिटो हुँदा सोमा हुने खर्च निकै कटौती हुने अपेक्षा लिइएको छ ।  छिमेकी मुलुक भारतमा विश्वका नेताहरूले यति दूरगामी प्रभाव पार्ने समझदारी गरिरहँदा नेपाल भने सूचना नपाएको जस्तो गरी ‘शान्त’ अवस्थामा रह्यो । जी–२० सम्मेलनमा नबोलाइएका कारण नेपालले विश्वलाई जोड्ने उक्त परियोजनाबारे थाहा नपाएको हो वा थाहा नपाएजस्तो गरेको हो भन्नेबारे यकीन नभए पनि कूटनीतिक क्षमता प्रयोग गर्ने हो भने नेपालले पनि त्यस परियोजनाबाट लाभ लिन सक्छ ।  हुनत: सफल कूटनीतिको अभ्यास गर्न सकेको भए जी–२० सम्मेलनमा नेपाल पनि कुनै न कुनै रूपमा सहभागी हुन सक्थ्यो । त्यसका लागि न नेपालले आफ्नो आवश्यकता सिद्ध गर्न सक्यो न त कूटनीतिक सहायताले आयोजकलाई विश्वास दिलाउन नै । जबकि नेपालकै हैसियतमा रहेको बंगलादेशले जी–२० सम्मेलनमा भाग लिन पनि पायो र भारतले अघि सारेको आइमेक परियोजनामा पनि सहभागी हुँदै छ । जी–२० सम्मेलनमा नेपाल नबोलाइनुको कारण विभिन्न होलान्, आयोजकका अनेक रुचि होलान् तर सबभन्दा महत्त्वपूर्ण कुरा नेपालको कमजोर कूटनीतिक क्षमता हो । त्यसैले नेपालको विद्यमान कूटनीतिक क्षमता विकास गर्नु त छँदै छ योसँगै अहिलेको आवश्यकता जी–२० सम्मेलनमा आयोजकले बोलाएन भनेर रिसाउनुभन्दा आइमेक परियोजनामा कसरी जोडिने भन्नेतिर जोडबल गर्न आवश्यक छ । आन्तरिक उत्पादन र अन्य क्षमताका कारण नेपाल दिन प्रतिदिन झन्झन् परनिर्भर बन्दै छ । त्यसैले क्षेत्रीय तथा अन्तरराष्ट्रिय स्तरमा हुने ठूला परियोजनामा भरसक सहभागी हुनु नेपालका लागि हितकर हुन्छ ।  तीन महादेशलाई जोड्ने उक्त परियोजनाबाट आर्थिक विकासमा निकै मद्दत पुग्ने अपेक्षा गरिएको छ । आइमेकले अहिले भइरहेको भारतदेखि यूरोपसम्मको व्यापारलाई झन्डै ४० प्रतिशत छिटो बनाउनेछ । फेरि यो परियोजना नेपालको नजिकको छिमेकी भारतले शुरू गर्ने र त्यो पनि आर्थिक विकाससँग सम्बद्ध भएकाले नेपालका लागि झनै बढी आवश्यक छ । भारतको आर्थिक राजधानी भनेर चिनिने मुम्बईबाट शुरू हुने उक्त परियोजनामा बंगलादेश सहभागी हुन सक्छ भने नेपाल सहभागी हुन नसक्ने भन्ने हुँदैन । अहिले पनि नेपालमा मुम्बईबाट सामान आयात हुने गर्छन् । नेपाललाई मुम्बईसँग जोड्न भौगोलिक रूपले त्यति कठिन देखिँदैन । जबकि आइमेकभन्दा कठिन मानिने नेपालले चीनको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)’ मा सहभागी हुने निर्णय यसअघि गरिसकेको छ । नेपाल बीआरआईको सदस्य भएको लामो समय भइसक्दा पनि देखिने प्रगति हुन नसकेकाले आइमेकको सदस्य बन्दा अहित हुने सम्भावना देखिँदैन । आइमेकको सदस्य रहेका साउदी अरेबिया, इटालीजस्ता मुलुक यसअघि नै बीआरआईको सदस्य भइसकेका छन् । त्यसैले नेपालले के काम गर्दा र कस्तो निर्णय गर्दा आफ्ना लागि बढी हितकर हुन्छ भन्ने कुरा ख्याल गर्न आवश्यक छ ।  ‘इगो’ लिँदैमा वा जी–२० मा सहभागी हुन नपाएको कारण आइमेकलाई पनि बेवास्ता गर्ने हो भने त्यसले नेपाल एकीकृत विश्वबाट एक्लिने खतरा निकै छ । आइमेक परियोजनाका लागि एमओयू गर्ने मुलुकहरू नै यतिखेर विश्वको नेतृत्व तहमा छन् । कनेक्टिभिटीको मद्दतले मात्र नेपालले यी मुलुकले गरेका आर्थिक, प्राविधिक लगायतबाट फाइदा लिन सक्छ । प्रविधिको विकासका कारण विगतमा जस्तो आफ्नै मोडेलमा काम गर्छौं भन्ने अवस्थामा नेपाल कमजोर हुँदै गइरहेको छ । सम्पन्न देशहरूको सहयोग नभई हुँदैन भन्ने कुरा सबैले बुझ्न आवश्यक छ र आइमेक जस्ता परियोजनाको सदस्य बन्नका लागि लबिङ गर्न ढिलाइ गर्नु हुँदैन । एकातिर आफू काम नगर्ने र अर्कोतिर यस्ता दीर्घकालीन महत्त्वका परिवर्तनकारी परियोजनामा पनि सहभागी नहुने हो भने नेपाल सधैंका लागि अदक्ष कामदार विदेश निर्यात गर्ने मुलुकभन्दा माथि उक्लन गाह्रो पर्छ ।  के हो आइमेक ? भारतको राजधानी मुम्बईबाट शुरू हुने उक्त परियोजना जाबेल अली (यूएई), अल घुवाइफात (यूएई), हराध (साउदी अरेबिया), रियाध (साउदी अरेबिया), अल हदिथा (साउदी अरेबिया), हाइफा (इजरायल), जोर्डन, पैरस (ग्रीस) हुँदै अमेरिका, यूरोप जोड्ने परियोजना हो ।  प्रारम्भिक रूपमा उक्त परियोजनाका लागि यूरोपेली संघ, फ्रान्स, जर्मनी, इटाली, मरिसस, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, इजरायल, अमेरिकाले समझदारी गरेका छन् । यसले समुद्रमा पानीजहाजको र अन्यत्र रेल कनेक्टिभिटीलाई प्राथमिकतामा राखेको छ ।

१० हजार विदेशी श्रमिक काम गर्छन् नेपालमा, सबैभन्दा बढी चिनियाँ

काठमाडौं : नेपालका ठूला परियोजनामा देखिएको दक्ष श्रमिकको अभाव विदेशबाट पूर्ति हुँदै आएको छ। यहाँ सञ्चालित विभिन्न परियोजनामा आवश्यक दक्ष श्रमिकको आपूर्ति विदेशबाट हुँदै आएको सरकारी तथ्याङ्कले देखाएको छ। विदेशी श्रमिकलाई नेपालमा काम गर्ने इजाजत दिँदै आएको श्रम तथा व्यवसायजन्य विभागका अनुसार अहिले त्यस्ता परियोजनामा करिब १ सयभन्दा बढी मुलुकका श्रमिक कार्यरत छन्।नेपालमा सबैभन्दा बढी चिनियाँ श्रमिक छन्। बेलायत, अमेरिका, दक्षिण कोरिया, भारत, जापानलगायत मुलुकका श्रमिकको सङ्ख्या पनि उल्लेख्य छ।सन्

विश्वको खाद्य संकट सम्बोधन गर्न ३० अर्ब डलर खर्चदैं विश्व बैंक

जेठ ५, वाशिङटन डीसी (अमेरिका) । बहुपक्षीय कर्जादाता निकाय विश्व बैंकले रुसले युक्रेनमाथि आक्रमण गरेयता विश्वभर बढेको खाद सुरक्षा संकट साम्य पार्न ३० अर्ब डलर खर्च गर्ने भएको छ । युक्रेनमाथिको आक्रमणका कारण यी दुई देशबाट हुने अधिकांश अन्नको निर्यात ठप्प भएको छ । ‘खाद्यान्नको मूल्यमा भइरहेको वृद्धिले गरिब र सबैभन्दा दयनीय अवस्थामा रहेकाहरुमाथि विनाशकारी पभाव पारिरहेको छ,’ विश्व बैंकका अध्यक्ष डेभिड माल्पासले एउटा विज्ञप्तिमा भनेका छन् । बजारलाई सुसूचित गर्न र स्थिर बनाउन देशहरुले युक्रेनमाथि रुसले आक्रमण गरेपछि भावी उत्पादनमा गर्न लागेको वृद्धिबारे स्पगट रुपमा जानकारी दिनुु पर्ने पनि उनले बताए ।  बैंकले उपलब्ध गराउन लागेको रकममा १२ अर्ब डलर नयाँ परियोजनामा खर्च गरिनेछ । १८ अर्ब चाँहि पारित गरिसकेको तथा वितरण हुन बाँकी रहेका विद्यमान खाद्य तथा पोणसम्बन्धी परियोजनामा लगाइनेछ । नयाँ परियोजनाले गरिबहरुमाथि उच्च महँगीको प्रभाव कम गर्न कृषि, सामाजिक सुरक्षा, जल तथा सिंचाइ परियोजनालाई टेवा दिने अपेक्षा गरिएको बैंकले भनेको छ । यो मध्ये अधिकांश रकम अफ्रिका, मध्य पूर्व, पूर्वी यूरोप र मध्य एशिया र दक्षिण एशियामा खर्च गरिने बताइएको छ । युक्रेन युद्धको कारण अन्नको आपूर्तिमा देखिएको प्रभावको मारमा सबैभन्दा धेरै यिनै क्षेत्र परेका छन् । रुसले कृष्ण सागरबाट युक्रेनको कृषि निर्यात रोकेको पछि युक्रेन र रुसबाट आयात हुने गहुँमा निर्भर इजिप्ट लगायत देशहरु मारमा परेका छन् । यी देशहरुले घरेलु स्तरमा आपूर्ति सुनिश्चित गर्न आफ्नो निर्यातमा पनि प्रतिबन्ध लगाएका छन् । पुनर्निर्माण र विकासका लागि यूरोपेली बैंकले पनि खाद्य सुरक्षा र कृषि तथा खाद्य सामाग्रीको व्यापारका लागि ५० करोड यूरो उपलब्ध गराउँदैछ । यो मध्ये २० करोड यूरो युक्रेन र ३० करोड यूरो उसका छिमेकी देशहरुलाई उपलब्ध गराइनेछ । अन्तरराष्ट्रिय मुद्रा कोषले  पनि आफ्ना सामान्य च्यानलहरुमार्फत वित्तीय टेवा दिँदैछ । एजेन्सी

मलेशियामा ७ अर्ब डलर लगानी गर्दै इन्टेल

पुस १, सनफ्रान्सिस्को (अमेरिका) । अमेरिकी चिप निर्माता कम्पनी इन्टेलले मलेशियामा कारखाना विस्तारका लागि ७ अर्ब डलर लगानी गर्ने भएको छ ।  विश्वभर चिप अभाव देखिरहेको अवस्था बीच कम्पनीले उक्त लगानी गर्न लागेको इन्टेलका प्रमुख कार्यकारी अधिकारी प्याट जेलसिंगरले बिहीवार भनेका छन् । कम्पनीले आगामी दशकभित्र ३० अर्ब रिंगिट लगानी गर्ने बुधवारदेखि मलेशिया भ्रमणमा रहेका जेलसिंगरले संवाददाताहरुलाई बताका छन् ।  कम्पनीले सो लगानी दुई ओटा एसेम्बली र परीक्षण केन्द्रको विस्तार, प्याकेजिङ कारखानाको स्थापना र अन्य परियोजनामा लगाउनेछ । यस बाहेक पनि कम्पनीले छिटोमा आगामी वर्ष अमेरिका र यूरोपमा रहेका कारखानाहरु प्नि विस्तार गर्ने घोषणा गर्ने बताइएको छ । पछिल्लो समय मलेशिया विश्वको चिप आपूर्ति शृङ्खलामा हब बनेको छ । विश्वको कुल चिप व्यापारमा मलेशियामा उत्पादित चिपको अनुपात करीब ७ प्रतिशत रहेको तथ्यांकले देखाएको छ । एजेन्सी

एमाजनको सीईओबाट बाहिरिए जेफ बेजोस

असार २१, सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजनका जेफ बेजोस प्रमुख कार्यकारी अधिकृत  (सीईओ) बाट बाहिरिएका छन् ।  कम्पनी स्थापना गरेको ठयाक्कै २७ वर्षपछि जुलाई ५ मा बेजोसले औपचारिक रुपमा सीईओ पद छाडेका हुन् । उनको स्थानमा एन्डी जेसीले सीईओको कार्यभार सम्हालेका छन् ।  नयाँ प्रडक्ट र अन्य पहलमा समय केन्द्रीत गर्न उनले सीईओ पद छाडेको बताइएको छ । ५७ वर्षिय बेजोसले आफ्नो थप समय केही व्यक्तिगत परियोजनामा लगाउने अपेक्षा गरिएको छ । उनले आफ्नो समय जलवायु परिवर्तन विरुद्धको लडाई र वाशिङटन पोष्टको निरीक्षणमा पनि लगाउने बताइएको छ । बेजोसले कम्पनीमा विद्यमान भूमिका छाडेपनि एमाजन भने छोड्ने छैनन् ।  यसको सट्टा उनले कार्यकारी अध्यक्षको भूमिका निर्वाह गर्नेछन् । यस अघि बिल गेट्सले माइक्रोसफ्ट, एरिक श्मीदले गूगल छाड्दा पनि सीईओबाट कार्यकारी अध्यक्षको भूमिकामा गएका थिए । बेजोससँग अहिले पनि एमाजनको १० प्रतिशतभन्दा धेरै शेयर छ । अर्थात् उनी कम्पनीको सबैभन्दा ठूलो एकल शेयरधनी हुन् । कम्पनीको रणनीति दिशाबारे सीईओसँग असहमति हुँदा उनले हस्तक्षेप गर्न पाउनेछन् ।  कार्यकारी अध्यक्षको भूमिका सीईओलाई ठेगानमा राख्नु भएको एजे बेलमा लगानी निर्देशक रस मोल्ड बताउँछन् । विविध रणनीति सवपालमा उनले निर्देशन दिन सक्ने र प्रमुख शेयरधनी भएकोले कम्पनीको व्यवसाय सञ्चालनमा उल्लेख्य प्रभाव पार्न सक्ने पनि उनले बताए । एजेन्सी