विश्वको खाद्य संकट सम्बोधन गर्न ३० अर्ब डलर खर्चदैं विश्व बैंक

जेठ ५, वाशिङटन डीसी (अमेरिका) । बहुपक्षीय कर्जादाता निकाय विश्व बैंकले रुसले युक्रेनमाथि आक्रमण गरेयता विश्वभर बढेको खाद सुरक्षा संकट साम्य पार्न ३० अर्ब डलर खर्च गर्ने भएको छ । युक्रेनमाथिको आक्रमणका कारण यी दुई देशबाट हुने अधिकांश अन्नको निर्यात ठप्प भएको छ । ‘खाद्यान्नको मूल्यमा भइरहेको वृद्धिले गरिब र सबैभन्दा दयनीय अवस्थामा रहेकाहरुमाथि विनाशकारी पभाव पारिरहेको छ,’ विश्व बैंकका अध्यक्ष डेभिड माल्पासले एउटा विज्ञप्तिमा भनेका छन् । बजारलाई सुसूचित गर्न र स्थिर बनाउन देशहरुले युक्रेनमाथि रुसले आक्रमण गरेपछि भावी उत्पादनमा गर्न लागेको वृद्धिबारे स्पगट रुपमा जानकारी दिनुु पर्ने पनि उनले बताए ।  बैंकले उपलब्ध गराउन लागेको रकममा १२ अर्ब डलर नयाँ परियोजनामा खर्च गरिनेछ । १८ अर्ब चाँहि पारित गरिसकेको तथा वितरण हुन बाँकी रहेका विद्यमान खाद्य तथा पोणसम्बन्धी परियोजनामा लगाइनेछ । नयाँ परियोजनाले गरिबहरुमाथि उच्च महँगीको प्रभाव कम गर्न कृषि, सामाजिक सुरक्षा, जल तथा सिंचाइ परियोजनालाई टेवा दिने अपेक्षा गरिएको बैंकले भनेको छ । यो मध्ये अधिकांश रकम अफ्रिका, मध्य पूर्व, पूर्वी यूरोप र मध्य एशिया र दक्षिण एशियामा खर्च गरिने बताइएको छ । युक्रेन युद्धको कारण अन्नको आपूर्तिमा देखिएको प्रभावको मारमा सबैभन्दा धेरै यिनै क्षेत्र परेका छन् । रुसले कृष्ण सागरबाट युक्रेनको कृषि निर्यात रोकेको पछि युक्रेन र रुसबाट आयात हुने गहुँमा निर्भर इजिप्ट लगायत देशहरु मारमा परेका छन् । यी देशहरुले घरेलु स्तरमा आपूर्ति सुनिश्चित गर्न आफ्नो निर्यातमा पनि प्रतिबन्ध लगाएका छन् । पुनर्निर्माण र विकासका लागि यूरोपेली बैंकले पनि खाद्य सुरक्षा र कृषि तथा खाद्य सामाग्रीको व्यापारका लागि ५० करोड यूरो उपलब्ध गराउँदैछ । यो मध्ये २० करोड यूरो युक्रेन र ३० करोड यूरो उसका छिमेकी देशहरुलाई उपलब्ध गराइनेछ । अन्तरराष्ट्रिय मुद्रा कोषले  पनि आफ्ना सामान्य च्यानलहरुमार्फत वित्तीय टेवा दिँदैछ । एजेन्सी  

सम्बन्धित सामग्री

आर्थिक वृद्धि र खाद्य संकट

हाम्रो देशको अर्थतन्त्र ऋण, अनुदान र विप्रेषणले चलेको छ । नेतृत्व यसैमा रमाउँछ र अपराधीलाई समेत आममाफी दिन्छ । पंक्ति तयार गरिरहँदा भर्खरै विश्व बैंकबाट गुणस्तरीय स्वास्थ्य भन्दै सरकारले १३ अर्ब ३५ करोडको सहुलियत ऋण स्वीकृत गरेको छ भने नवप्रवर्तन भन्दै स्वीजरल्यान्डको ५.४५ बिलियन अनुदान पनि स्वीकृत गरेको छ । लामो समयदेखि देश यसैगरी चलेको […]

पाकिस्तान र अफगानिस्तानमा खाद्य संकट चर्किँदै

राष्ट्रसंघले दक्षिण एसियाका दुई देश पाकिस्तान र अफगानिस्तानमा खाद्य असुरक्षा बढ्ने जोखिम औँल्याएको छ । राष्ट्रसंघका दुई निकाय खाद्य तथा कृषि संगठन (एफएओ) र विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले आर्थिक तथा राजनीतिक...

विश्व खाद्य संकट र नेपाल

वर्तमान अवस्थामा विश्वले वर्षौंदेखि नखेपेको खाद्य संकटको सामना गरिरहेको अवस्था छ । रूस र युक्रेन युद्धको कारणले अहिले ती देशहरूमा गहुँ र अन्य खाद्यान्नहरूको उत्पादनमा कमी आई निर्यात बन्द गरेका छन् । रूस र युक्रेन युद्ध हुनुअगाडि युक्रेनबाट विश्वमा १५ प्रतिशत मकै, १२ प्रतिशत गहुँ र उसको उत्पादनको आधा जति सूर्यमुखी तेल निर्यात हुने गथ्र्यो […]

विश्वव्यापी खाद्य संकट वर्षाैँ रहन सक्छ : विश्व बैंक

कोभिड–१९ महामारीको सिर्जित संकटबाट छुटकारा नपाउँदै युक्रेन युद्धको संकट थपिएपछि विश्वमा खाद्य संकट देखापरेको छ । यससँगै विश्व बैंकलगायतका अन्तर्राष्ट्रिय समुदायले जारी खाद्य संकट न्यूनीकरणका उपाय खोज्ने प्रयास थालेका छन् । विश्व...

अफगानिस्तानमा चरम खाद्य संकट : दुई करोडभन्दा बढी मानिस भोकमरीबाट ग्रस्त

वैशाख २३, काबुल (अफगानिस्तान) । अफगानिस्तानमा चरम खाद्य संकट देखिएको छ । दुई करोड बीस लाखभन्दा बढी मानिसहरू गम्भीर भोकमरीबाट ग्रस्त छन् । त्यो जनसंख्या देशको कुल जनसंख्याको आधाभन्दा बढी हो ।   करीब ९७ प्रतिशतभन्दा बढी अफगानीहरू खाद्यान्न अभावबाट प्रभावित रहेको पनि संयुक्त राष्ट्रसंघले जानकारी दिएको छ ।   गत वर्ष अगस्टमा तालिबानले अफगानिस्तान नियन्त्रणमा लिएपछि जीवनयापन र खाद्यान्नको मूल्य आकाशिएको छ । अफगान अखबारको रिपोर्टले विश्व बैंकको निष्कर्षलाई उद्धृत गर्दै तालिबानले सत्ता कब्जा गरेपछि जनाताको आम्दानी लगभग एक तिहाइले घटेको देखाएको छ । मार्च २०२२ मा अफगानिस्तानमा संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले काबुलमा ३७६, १३९ मानिसहरूलाई आर्थिक र खाद्य सहायता प्रदान गरेको देखाएको छ । विश्लेषकहरूले औंल्याएअनुसार धेरैजसो अफगानीहरूका लागि ईद संसारभरका मुस्लिमहरूले ईद (उल फित्र मनाउने) भएकाले आफ्नो परिवारलाई यथेष्ट भोजनको व्यवस्था गर्नु ठूलो संघर्षपूर्ण रह्यो । इस्लामिक इमिरेट्स अफ अफगानिस्तान नियन्त्रित सरकारलाई अन्तरराष्ट्रिय अर्थतन्त्रबाट अलग गरिएको छ । अगस्टमा काबुलको पतन र अमेरिकी सैनिक फिर्ता भएपछि अफगानिस्तानको तालिबान सरकार अन्तरराष्ट्रिय अर्थतन्त्रबाट एक्लिएको छ । जसले गम्भीर आर्थिक संकट, गरिबी र स्वास्थ्य सेवालगायत आवश्यक सार्वजनिक सेवाहरूको पहुँच गुमाएको छ । रासस/एएनआई

युक्रेन युद्धले निम्त्याएको खाद्य संकट दोस्रो विश्व युद्धपछिकै खराब

काठमाडौं - संयुक्त राष्ट्र संघको खाद्य कार्यक्रम प्रमुख डेभिड विस्लेले युक्रेन युद्धले निम्त्याएको खाद्य संकट दोस्रो विश्व युद्धपछिकै सबैभन्दा डरलाग्दो रहेको बताएका छन् । विस्लेले विश्वमै महत्वपूर्ण मात्रामा गहुँ उत्पादन गर्ने किसानहरू रुसविरुद्धको युद्धमा होमिएका कारण खाद्य संकट दोस्रो विश्व युद्धपछिकै सबै भन्दा खराब रहेको बताएका...

युक्रेन युद्धले निम्त्याएको खाद्य संकट दोस्रो विश्व युद्धपछिकै खराब

काठमाडौं - संयुक्त राष्ट्र संघको खाद्य कार्यक्रम प्रमुख डेभिड विस्लेले युक्रेन युद्धले निम्त्याएको खाद्य संकट दोस्रो विश्व युद्धपछिकै सबैभन्दा डरलाग्दो रहेको बताएका छन् । विस्लेले विश्वमै महत्वपूर्ण मात्रामा गहुँ उत्पादन गर्ने किसानहरू रुसविरुद्धको युद्धमा होमिएका कारण खाद्य संकट दोस्रो विश्व युद्धपछिकै सबै भन्दा खराब रहेको बताएका...

युक्रेन युद्धले निम्त्याएको खाद्य संकट दोस्रो विश्व युद्धपछिकै खराब

काठमाडौं - संयुक्त राष्ट्र संघको खाद्य कार्यक्रम प्रमुख डेभिड विस्लेले युक्रेन युद्धले निम्त्याएको खाद्य संकट दोस्रो विश्व युद्धपछिकै सबैभन्दा डरलाग्दो रहेको बताएका छन् । विस्लेले विश्वमै महत्वपूर्ण मात्रामा गहुँ उत्पादन गर्ने किसानहरू रुसविरुद्धको युद्धमा होमिएका कारण खाद्य संकट दोस्रो विश्व युद्धपछिकै सबै भन्दा खराब रहेको बताएका...

साझा संकल्पको रुपमा ‘सबैका लागि खाद्यान्न’

अबको समय भनेको स्वस्थ र दिगो आहारहरू किफायती र सबैका लागि पहुँचयोग्य बनाउनु अत्यावश्यक भइसकेको छ । सन् १९७९ देखि सुरु गरिएको विश्व खाद्य दिवस नेपालले मनाउन थालेको चार दशक नाघिसकेको छ । हरेक वर्षको अक्टोबर १६ का दिन विश्व खाद्य संकट र भोकमरीविरुद्ध ऐक्यबद्ध भई लड्नका लागि विश्व खाद्यान्न दिवस मनाउने गरिन्छ । यस […]

खाद्य संकट टार्न जाजरकोटको बारेकोटमा खाद्य बैंक

जाजरकोट । वर्षेनि खाद्य संकट झेल्दै आएको बारेकोटमा खाद्य बैंक स्थापना गर्न पहल शुरू भएको छ । विश्व खाद्य कार्यक्रम, बारेकोट गाउँपालिका र अन्य दाताको सहयोगमा खाद्य बैंक स्थापना गर्न लागिएको होे । विभिन्न निकायको सहयोगमा खाद्यान्न भण्डारण गरी प्राकृतिक प्रकोपबाट प्रभावित तथा खाद्य संकट परिरहेका नागरिकलाई खाद्यान्न सहायता गर्न खाद्य बैंकको अवधारणा अघि सार्दै काम शुरू गर्न लागिएको छ । खाद्य बैंक स्थापनाका लागि विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग र पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटको प्राविधिक सहयोगमा बारेकोट–२ लिम्सामा सामुदायिक खाद्य बैंक भवनको निर्माणसमेत गरिएको छ । भौगोलिक विकटता, यातायातको असुविधा, न्यून खाद्य, उत्पादन, बाढीपहिरो तथा प्राकृतिक प्रकोप, सिँचाइ सुविधा अभाव आदि कारणले वर्षेनि खाद्य संकट बेहोर्दै आएको बारेकोटमा स्थापना हुन लागेको खाद्य बैंकले विपन्न तथा संकटासन्न परिवारलाई ठूलो राहत पुग्ने गाउँपालिका अध्यक्ष महेन्द्र शाहले बताए । विश्व खाद्य कार्यक्रमको नगदमा आधारित पूर्वाधार विकास कार्यक्रमले रू. ४१ लाख ९५ हजार ८६५ को लागतमा खाद्य बैंकका लागि दुईकोठे पक्की भवन निर्माण गरेको छ । उक्त भवनको एक कोठामा खाद्य भण्डारण गोदाम बनाइनेछ भने अर्को कोठामा कार्यालय सञ्चालन हुनेछ । गाउँपालिकाको समन्वयमा केही समयभित्रै खाद्य बैंक सञ्चालनमा ल्याइनेछ । खाद्य बैंक सञ्चालन तथा व्यवस्थापन कार्यविधिसमेत पारित भइसकेको गाउँपालिकाका निर्मित प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंहले बताए । बाढीपहिराबाट प्रभावित १ हजार २३८ परिवारलाई प्रत्यक्ष रोजगारी दिने गरी नगदमा आधारित पूर्वाधार विकास कार्यक्रम सञ्चालन गरिएको हो । ती परिवारका सदस्यको व्यक्तिगत खातामा कार्यक्रमले ३ करोड १५ लाख ३८ हजार ७० भुक्तानी दिएको छ । नगदमा आधातिर पूर्वाधार विकास कार्यक्रमले बारेकोटमा लघुजलविद्युत्, सिँचाइ, बाटो, विद्यालय भवन, खानेपानीलगायतका संरचना निर्माण तथा पुनर्निर्माण गरेको छ । रासस