असार २१, सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजनका जेफ बेजोस प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट बाहिरिएका छन् ।
कम्पनी स्थापना गरेको ठयाक्कै २७ वर्षपछि जुलाई ५ मा बेजोसले औपचारिक रुपमा सीईओ पद छाडेका हुन् । उनको स्थानमा एन्डी जेसीले सीईओको कार्यभार सम्हालेका छन् ।
नयाँ प्रडक्ट र अन्य पहलमा समय केन्द्रीत गर्न उनले सीईओ पद छाडेको बताइएको छ । ५७ वर्षिय बेजोसले आफ्नो थप समय केही व्यक्तिगत परियोजनामा लगाउने अपेक्षा गरिएको छ ।
उनले आफ्नो समय जलवायु परिवर्तन विरुद्धको लडाई र वाशिङटन पोष्टको निरीक्षणमा पनि लगाउने बताइएको छ । बेजोसले कम्पनीमा विद्यमान भूमिका छाडेपनि एमाजन भने छोड्ने छैनन् ।
यसको सट्टा उनले कार्यकारी अध्यक्षको भूमिका निर्वाह गर्नेछन् । यस अघि बिल गेट्सले माइक्रोसफ्ट, एरिक श्मीदले गूगल छाड्दा पनि सीईओबाट कार्यकारी अध्यक्षको भूमिकामा गएका थिए ।
बेजोससँग अहिले पनि एमाजनको १० प्रतिशतभन्दा धेरै शेयर छ । अर्थात् उनी कम्पनीको सबैभन्दा ठूलो एकल शेयरधनी हुन् । कम्पनीको रणनीति दिशाबारे सीईओसँग असहमति हुँदा उनले हस्तक्षेप गर्न पाउनेछन् ।
कार्यकारी अध्यक्षको भूमिका सीईओलाई ठेगानमा राख्नु भएको एजे बेलमा लगानी निर्देशक रस मोल्ड बताउँछन् ।
विविध रणनीति सवपालमा उनले निर्देशन दिन सक्ने र प्रमुख शेयरधनी भएकोले कम्पनीको व्यवसाय सञ्चालनमा उल्लेख्य प्रभाव पार्न सक्ने पनि उनले बताए । एजेन्सी