अर्थमन्त्रालयका अनुसार २०७८ साउन मसान्तसम्ममा चालु खर्च रु.९ अर्ब ५६ करोड र पुँजीगत खर्च रु.९३ करोड गरी कुल रु.१० अर्ब ४९ करोड खर्च भएको छ ।
समीक्षा अवधिमा सरकारको कर राजस्व रु.७६ अर्ब १९ करोड र गैर कर राजस्व रु.१७ अर्ब ७ करोड गरी कुल राजस्व रु.९३ अर्ब २६ करोड (प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँट हुने रकमसमेत) परिचालन भएको छ ।
नेपाल राष्ट्र बैकले सार्वजनिक गरेको २०७८ साउन महिनाको तथ्यांकमा उल्लेख गरिएअनुसार आर्थिक वर्ष २०७८/७९ को साउन महिनासम्ममा प्रदेश सरकारको स्रोत प्राप्ति रु.८ अर्ब ५३ करोड रहेको छ ।
यस...