काठमाण्डाै – चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक व्यापार र घाटा दुवै घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउन र भदौमा तीन खर्ब दुई अर्ब २८ करोड रुपैयाँको कुल वैदेशिक व्यापार भएकोमा व्यापार घाटा दुई खर्ब ४४ अर्ब ९१ करोड रुपैयाँ रहेको छ । यो अघिल्लो वर्षको पहिलो दुई महिनाको तुलनामा ९ दशमलव ४५ प्रतिशतले कम हो ।
साउन र भदौमा नेपालमा दुई खर्ब ७३ अर्ब ५९ करोड रुपैयाँको वस्तु आयात भएको छ भने २८ अर्ब ६८ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । आयात १३ दशमलव शून्य एक र निर्यात ३४...