काठमाण्डाै – चालु आर्थिक वर्षको पहिलो दुई महिनामै १३ अर्ब ६६ करोड रुपैयाँको हरियो तरकारी र फलफूल नेपाल आयात भएको छ ।
भन्सार विभागका अनुसार साउन र भदौमा आठ अर्ब ३६ करोड ३९ लाख रुपैयाँको तरकारी विभिन्न देशबाट नेपाल भित्रिएको छ । यस्तै पाँच अर्ब ३० करोड रुपैयाँको फलफूल आयात भएको छ ।
विभागका अनुसार दुई महिनामा १२ अर्ब ९२ करोड रुपैयाँको खाद्यान्न आयात भएको छ । भारत, चीन, ब्राजिल, स्पेनलगायतका देशबाट धान, चामल, मकै, गहुँ, गेडागुडीलगायतका खाद्यान्न नेपाल भित्रिएको हो ।
यस्तै दुई महिनामा ...