कोरोना कहरले थला परेको पर्यटकीय नगरी सौराहा अहिले डुबानमा परेको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका महासचिव गुणराज थपलियाले सौराहाका अधिकांश होटल तथा रेस्टुरेन्ट र वरपरका घर डुबानमा पर्दा १० करोड रुपियाँभन्दा बढीको आर्थिक क्षति भएको अनुमान गरिएको जानकारी दिनुभयो ।