कैलाली - गएकाे वर्ष कात्तिकमा आएको बाढीमा घरखेत गुमाएका कैलालीका तटीय क्षेत्रका नागरिक नियमित वर्षा हुन थालेपछि त्रासमा छन् । वर्षा नियमित र नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका नागरिक रातिको समयमा निदाउन सकेका छैनन् ।
टीकापुरको वैदीकी सुशीला बस्नेतले गएकाे वर्ष धान भित्र्याउन नपाएको पीडा भुल्नुभएको छैन । उहाँलाई नियमित वर्षा हुन थालेपछि त्रासले सताएको छ । सुशीलाको परिवार र छिमेकी राति वर्षा हुँदा निदाउन सक्दैनन् । 'मोहना र पथरैया नदीमा पानीको बहाव बढेको छ । नदीको पानी कतिखेर बस्तीमा पस्छ ...