अलैचीखेती आम्दानीको गतिलो स्रोत भएपनि राज्यको स्पष्ट नीति नबन्दा व्यवसाय धरासायी बन्दै गएको छ । कालो, पहेलो, डढुवा, छिर्के, फुर्के रोगको पहिचान नहुनु, मुल्यमा स्थायीत्व नहुनु, जंगली जनावर तथा जलवायु परिवर्तनले असर पार्नु जस्ता कारणले अलैची व्यवसायलाई समस्यामा पारेको छ । गत बर्षसम्म प्रतिमन एक लाखका दरले अलैची बिक्री गर्नेले यसबर्ष ४० हजारमा बेच्नुपरेको छ । रोगले ग्रसित बनाएपछि कृषकलाई स्वस्थ र स्वच्छ विरुवा पाउन मुस्किल भएको छ । यस सम्बन्धमा भोजपुरबाट विद्या राईको रिपोर्ट :