काठमाडौ । काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा चल्ने सार्वजनिक यातयातको भाडा घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाएको हो ।
नेपाल आयल निगमले डिजेलको भाउ घटाएको ९ दिनपछि बागमती प्रदेशमा छोटो दूरीमा चल्ने गाडीको भाडा घटाइएको हो । मन्त्रालयले घटाएको भाडादर राजपत्रमा प्रकाशित भएको जनाइएको छ । काठमाडौं उपत्यकाभित्र ५ दशमलव ९ प्रतिशत, उपत्यका बाहिर छोटो दूरीका सार्वजनिक सवारीमा ४ दशमलव १८ प्रतिशत र मालवाहक सवारीसाधनमा ५ दशमलव ६९ प्रतिशतले भाडा घटाएको मन्त्रालयका सचिव अस्मान तामाङले बताए ।
उनले भने, “नयाँ भाडादर राजपत्रमा प्रकाशित भइसकेकाले आजदेखि नै घटेको भाडादर लागू हुने छ ।”
यसअघि डिजेलको भाउ बढेको बेला लामो दूरीको गाडी भाडा बढेर छोटो दूरीको नबढेपछि व्यवसायी आफैँले भाडादर तोकेका थिए । नेपाल आयल निगमले अघिल्लो हप्ता बुधवारदेखि लागू हुने गरी डिजेलको भाउ घटाएको थियो । लगत्तै सरकारले लामो दूरीको भाडा समायोजना गरेको थियो । लामो दूरी अर्थात् अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र छोटो दूरी अर्थात् अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुने गर्दछ ।
गत चैत २० गते डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १०–१० र पेट्रोलमा ३ रुपैयाँ मूल्य घटाएको निगमले अघिल्लो हप्ता बुधवारदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर १०–१० रुपैयाँले भाउ घटाएको थियो । घटेको मूल्यअनुसार हाल डिजेलको मूल्य लिटरको १५५ रुपैयाँ कायम भएको छ ।
अघिल्लो वर्ष प्रदेशभित्र सञ्चालन हुने छोटो दूरीको भाडा बढेको थियो । बढेको भाडाअनुसार यात्रुले काठमाडौं उपत्यकामा सार्वजनिक गाडीमा चढ्ने बित्तिकै २० रुपैयाँ तिर्दै आएका थिए । अब देखि चढ्ने वित्तिकै १८ रुपैयाँ र दुरी अनुसार पहिले तिर्दै आएको भाडामा ५ दशमलव ९ प्रतिशतले घटाएर तिर्नुपर्ने छ । रासस
हेटौंडा : बागमती प्रदेशमा बेरुजुको चाङ लागेको पाइएको छ। गत बुधबार महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा बागमती प्रदेशमा बेरुजुको चाङ लागेको पाइएको हो। प्रतिवेदनका अनुसार प्रदेशमा १.६ प्रतिशत बेरुजु रहेको छ।महालेखापरीक्षकले बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७७।७८ को असार एक महिनामा मात्रै १ अर्ब ६ करोड ४९ लाख रुपैयाँ रकमान्तर गरेको भन्दै वर्षान्तमा रकमान्तर गरेर खर्च गर्ने कार्य नियन्त्रण हुनुपर्ने जनाएको छ।प्रतिवेदनमा प्रदेश सरकारले पहिरो प्रभावितलाई १ लाख रुपैयाँको राहत
बागमती प्रदेश सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि १ अर्ब २२ करोड रुपैयाँको बजेट बिनियोजन गरेको छ । नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुदमा १ अर्ब २२ करोड ६२ लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिएका छन् । बागमती प्रदेशले खेलकुद प्रतियोगिता र नवौं राष्ट्रिय खेलकुदका लागि ७ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । चितवनको भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका ला
काठमाडौं : बागमती प्रदेशमा ट्याक्सी भाडा बढेको छ। श्रम रोजगार तथा यातायात मन्त्रालयले मन्त्रिस्तरीय निर्णयबाट काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा ट्याक्सी भाडा बढाएको हो।मन्त्रालयले जारी गरेको निर्णयअनुसार अब ट्याक्सीको न्यूनतम भाडा ६० रुपैयाँ कायम भएको छ। शुरुको एक किलोमिटर पश्चात् प्रतिदुई सय मिटरको ९ रुपैयाँ ८० पैसाका दरले थप हुने गरी कायम गरिएको छ। त्यस्तै ट्याक्सीहरूले पूर्ण रूपमा मिटर प्रयोग गर्नुपर्ने मिटरमै हिँड्नुपर्ने निर्णयमा उल्लेख छ। यो निर्णय माघ १ ग
माघदेखि कार्यान्वयन गर्ने गरी एक किलोमिटरमा १० रुपैयाँ भाडा बढाउने निर्णय
बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकामा सञ्चालित मिटर ट्याक्सीको भाडादर २५ दशमलव ४० प्रतिशतले वृद्धि गरेको छ । यससँगै अहिले एक...
काठमाडौँ । काठमाडौँ उपत्यकासहित बागमती प्रदेशमा ट्याक्सी भाडा बढेको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालय, बागमती प्रदेशले मन्त्री स्तरको निर्णयबाट ट्याक्सी भाडा बढाएको हो । निर्णयअनुसार अब काठमाडौँ उपत्यकामा ट्याक्सीको न्यूनतम भाडा ६० रुपैयाँ कायम गरिएको छ । ट्याक्सी सेवाको पहिलो एक किलोमिटरसम्मको यात्राको सुरु फ्लाग डाउन ६० रुपैयाँ हुने परिमार्जित भाडा दरमा उल्लेख […]
२२ पुस, काठमाडौं । बागमती प्रदेशमा दूधको मूल्य बढाउने तयारी गरिएको छ । प्रदेश दुग्ध विकास बोर्डले किसानले पाउने गरी दूधको मूल्य लिटरमा १० रुपैयाँ बढाउन संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सिफारिस गरेको छ । बुधबार बसेको बोर्ड बैठकले मूल्य बढाउन सिफारिस गरेको बोर्डका निमित्त निर्देशक डा. रामप्रकाश प्रधानले बताए । खाद्यान्न र दानाको […]
किसानलाई राहत दिने भन्दै बागमती प्रदेश दुग्ध विकास बोर्डले दुधमा प्रति लिटर १० रुपैयाँ मूल्य वृद्धि गर्ने भएको छ । गाईंभैंसीलाई खुवाउने चोकर, ढुटो, पिना र परालमा मुल्य वृद्धि हुँदा पनि...
रासस। कोरोनाको दोस्रो लहर नियन्त्रणका लागि बागमती प्रदेश सरकारले प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयमार्फत ३३ करोड ४५ लाख ५० हजार रुपैयाँ खर्च गरेकोे छ। आर्थिक वर्ष २०७७÷७८मा कोरोना सङ्क्रमण नियन्त्रणका मन्त्रालयले उक्त रकम खर्च गरेको हो। आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत २१ करोड ७० लाख ५० हजार रुपैयाँ प्रदेशका स्वास्थ्य कार्यालयलाई उपलब्ध गराइएको जनाइएको छ।
बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले कोरोनाको तेस्रो भेरियन्टमा बालबालिका अत्यधिक प्रभावित हुने भएकाले प्रदेश मातहतका अस्पताललाई २० प्रतिशत श्यया छुट्याउन निर्देशन गरेको छ।