भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुकमाथि राजनीतिक बन्दी रिहाइ गर्न अन्तरराष्ट्रिय दबाब बढेको छ।भुटानका राजा जिग्मे शनिबार हुने बेलायती राजा चार्ल्स तृतियको राज्याभिषेक समारोहमा भाग लिन लन्डन भ्रमणमा जान लागेको पूर्वसन्ध्यामा राजनीतिक कैदी बन्दी छाड्न अन्तरराष्ट्रिय दबाब आएको हो।भुटानमा झुटा मुद्दा चलाइएपछि दशकौँदेखि शिथिल अवस्थामा रहेका राजनीतिक बन्दीहरूलाई रिहा गर्न एमनेस्टी इन्टरनेशनल र ह्युमन राइट्स वाचले राजा वाङ्चुकमाथि दबाब बढाएको छ।एमनेस्टी इन्टरनेशनल दक्षिण एशियाका उपनिर्देशक दिनुशि