कृषिप्रधान मुलुकका नामले परिचित हाम्रो मुलुकमा सरकारले बनाउने हरेक योजना तथा कार्यक्रमहरूमा कृषिलाई प्राथमिकताका साथ अगाडि सारिएको देखिन्छ । मुलुकको करिब ६० प्रतिशत जनसंख्या यही क्षेत्रमा निर्भर रहनु र देशको कुल गार्हस्थ्य उत्पादनमा समेत कृषिक्षेत्रको हिस्सा पहिलो स्थानमा हुनुले सरकारले यसलाई प्राथमिकतामा राख्नु स्वाभाविक नै हो । नेपालमा आवधिक योजनाको सुरुवातदेखि नै कृषिक्षेत्रलाई प्राथमिकतामा राखेर […]