कैलालीको पचमुडिया सब डिभिजन वन कार्यालयमा कार्यरत सहायक वन अधिकृत विश्वराज पण्डितमाथि भएको दुर्व्यवहार घटनाको वनकर्मीले विरोध गरेका छन् ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले उहाँमाथि दुर्व्यवहार गरेको भन्दै वनकर्मीले विरोध जनाएका हुन । उनीहरुले घटनाका दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।
डिभिजन वन कार्यालय पहलमानपुर अन्तर्गतको पचमुडिया सव डिभिजन वन कार्यालयमा कार्यरत पण्डितमाथि सोमबार रङ्ग दलिएको थियो । पडितले नै आफूमाथि विप्लव नेतृत्वको नेकपाका केही कार्यकर्ताले रङ्ग दलेको भन्दै सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नु भएको छ ।