असार ६, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ४० हजार रुपैयाँ घूससहित एक जना अधिकृतलाई पक्राउ गरेको छ।
अख्तियारको टोलिले धादिङ जिल्लाको नीलकण्ठ सव–डिभिजन वन कार्यालयका सहायक वन अधिकृत कृष्ण प्रसाद पौडेललाई पक्राउ गरेको हो ।
‘सेवाग्राहीले फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठको सम्बन्धमा’ अवरोध सृजना गरेर घूस माग गरेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले निजलाई पक्राउ गरेको हो ।
पौडेललाई सेवाग्राहीबाट उक्त रकमसहित कार्यकक्षबाटै नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिएका छन् ।
अख्तियारले वन अधिकृत पक्राउ गरेको घटनालाई स्टिंग अप्रेसन भनेको छ ।