भारतले घरेलु टोली वेस्ट इन्डिज विरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तीन रनको जित निकालेको छ । यससँगै भारतले तीन खेलको शृंखलामा १० अंकको अग्रता बनाएको छ ।शुक्रबार राति क्विन्स पार्क ओभलमा भारतले दिएको ३०९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ५० ओभरमा ६ विकेट गुमाएर ३०५ रनमा समेटियो । वेस्ट इन्डिजका केली मेयर्सले सर्वाधिक ७५ रनको बनाए । भारतका मोहमद सिराज, शार्दुल ठाकुर र युजभेन्द्र चाहलले समान २ विकेट लिए ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ७ विकेट गुमाउँदै