काठमाण्डाै - अस्ट्रेलियासँगको दोस्रो टी–२० क्रिकेटमा भारत विजयी भएको छ । नागपुरमा गएराति भएको खेलमा भारत ६ विकेटले विजयी भएको हो ।
जितसँगै ३ खेलको टी–२० शृङ्खलामा एक/एकको बराबरी भएको छ । वर्षाका कारण मैदान भिजेपछि प्रभावित भएको खेल आठ ओभरमा झारिएको थियो । पाहुना टोली अस्ट्रेलियाले दिएको ९१ रनको लक्ष्य भारतले ७ ओभर २ बलमा ४ विकेट गुमाएर भेट्टायो । भारतका कप्तान रोहित शर्माले अविजित ४६ रन बनाए ।
विराट कोहलीले ११ तथा केएल राहुलले १० रन जोडे । दिनेश कार्तिक १० रनमा अविजित रहे । अस्ट्रेलियाका एडम ...