असुरक्षित बन्दै गाउँका सहकारीहरु, जोखिममा सर्वसाधारणको बचत

कार्तिक २८, दोलखा । दोलखाको ग्रामीण भेगका सहकारीहरु असुरक्षित बन्न थालेका छन् । विगत केही वर्षदेखि सहकारीमा चोरीका घटना बढ्नु तथा चोर पक्राउ नपर्नुले सहकारीहरु असुरक्षित बनेसँगै सर्वसाधारणको बचत पनि जोखिममा पर्न थालेको देखिएको हो । दोलखामा पछिलो पटक गौरिशंकर गाउँपालिका वडा नम्बर एकमा रहेको हिमचुली बहुउद्देश्यीय सहकारीका गार्ड पूर्णबहादुर खड्काको हत्या गरी सहकारी लुटपाट गरिएको घटना तथा यसअघि विभिन्न सहकारीहरुमा चोरी भई चोर पत्ता नलाग्नुबाट ग्रामीण भेगका सहकारीहरु असुरक्षित भई सर्वसाधारणको बचत जोखिममा रहेको पुष्टि भएको छ । कार्तिक १० गते घरबाट ६:३० बजे खाना खाई गार्ड बस्न सहकारी गएका खड्का भोलीपल्ट घर फर्किएनन् । सहकारिका व्यवस्थापक नैनबहादुर जिरेलले भोलिपल्ट १० बजे सहकारीको चेन गेट खोल्दा काउन्टर तथा उनको र्‍याक तोडफोड गरी १ लाख ८५ हजार ७२० रुपैयाँ चोरी भएको थियो ।  चेन गेटमा ताला लगाईएको कारण सबैको शंका सहकारीका ६८ वर्षिय गार्ड पूर्णबहादुर तिरै गयो । सेफ तोडफोडको प्रयास पनि त्यहाँ भएको तर सेफ भने नफोडिएको व्यवस्थापक जिरेलको भनाइ छ । सो घटनापछि प्रहरीमा खबर गरियो । तर १२ गते विभत्स रुपमा हत्या गरिएको उनको लास सहकारी नजिकको जंगलमा फेला पर्‍यो । यसपछि समग्र जूँगू गाउँनै आतिंकित भयो । हत्यारा पत्ता नलाग्दा गाउँनै अहिले त्रसित छ ।  प्रहरीले सहकारी तोडफोड भएको स्थानको अनुसन्धान गर्दा फिंगर प्रिन्ट समेत देखिएन । अपराधिले पञ्जा लगाएर लुटपाट गरेको हुन सक्ने दोलखा जिल्ला प्रहरी कार्यालयका प्रमुख भेषराज रिजालको अनुमान छ । यो पेशेवर अपराधिको काम हुन सक्ने उनले बताए ।  प्रहरीले तालिम प्राप्त कुकुरको पनि प्रयोग गर्‍यो तर खासै नतिजा निस्किएन । हत्यारा फेला नपर्दा स्थानीयहरु साँझ बिहान घरबाट बाहिर निस्कन पनि डराइ रहेको स्थानीय केदार खड्काले बताए । हत्यारा फेला नपरेसम्म यो त्रास स्थानीयहरुमा कायम नै रहने उनको भनाइ छ ।  गार्डको हत्या भएको १६ दिन बित्दासम्म पनि हत्याराको खोजि हुन नसकेको प्रति ध्यानाकर्षण भएको भन्दै जिल्ला सहकारी संघ दोलखाले शुक्रवार प्रमुख जिल्ला अधिकार समक्ष ज्ञापन पत्र पनि बुझाएको छ ।  यसअघि विगत २ वर्षको अवधिमा दोलखा जिल्लाका भिमेश्वर बहुउद्देश्यीय सहकारी संस्था लि तामाकोशी भिरकोट, प्रगतिशिल बचत तथा ऋण सहकारी, च्यामा, जनसेवा मितेरी बचत तथा ऋण सहकारी, हावा, आकाशदिप बचत तथा ऋण सहकारी जिरी हाटडाँडा, भविष्य निर्माण बचत तथा ऋण सहकारी संस्था, शहरे, आन्नददायीक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड भदौरे, सुनखानी लगायतका सहकारीमा चोरी भएको तर चोर पत्ता नलागेको जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाईंले बताए । यसबाट गाउँ गाउँमा फैलिएका सहकारीहरु असुरक्षित रहेको स्पष्ट भएको छ ।  जनताले खाई नखाई गरेको बचत असुरक्षित हुनु दुर्भाग्य पूर्ण रहेको बचत कर्ता भीमेश्वर नगरपालिका १ की दिुर्र्गा शिवाकोटीको दुःखेसो छ । सानो पूँजी भएका सहकारीहरुले सुरक्षा गार्ड राख्ने अवस्था नभएपनि सेफ तथा सीसी क्यामाराको मात्रै भए पनि व्यवस्था गर्न आफूहरुले भन्ने गरेको तर कतिपय सहकारीले वेवास्ता गरेको कारण यस्ता समस्या आएको जिल्ला सहकारी संघका अध्यक्ष चौंलागाईंको भनाइ छ ।  अब सरकारी सुरक्षाको बारेमा राष्ट्रिय स्तरमै चर्चा गरी निकास निकाल्नु पर्ने उनको भनाइ छ । सहकारीको सुरक्षा गार्डलाई दिन सकिने सम्भावित हतियारको बारेमा पनि अब बसह गरी कानून निर्माण गर्नुपर्ने उनले बताए । सहकारीले एकतिर सर्वसाधारणलाई सानो तिनो गर्जो चालउन ऋण दिने तथा दुई चार पैशा बचत गर्न त मद्दत गरेका छन् तर जनताको कठोर परिश्रमबाट सिर्जित बचत खतरामा परिरहेको अवस्थामा सहकारीको  सुरक्षा गर्न सरकारले स्पष्ट नीति ल्याई कानूनको निर्माण गरी सहकारीको सुरक्षाको प्रत्याभूति दिनु पर्ने आम बचतकर्ताहरुको माग रहेको छ । 

सम्बन्धित सामग्री

५ स्वास्थ्य परीक्षण, जुन असुरक्षित यौन सम्पर्क भएमा गर्नैपर्छ

असुरक्षित यौन सम्बन्धका कारण यौनांगमा संक्रमण हुने जोखिम बढी हुन्छ । एकभन्दा बढीसँग यौन सम्पर्क राख्ने, कण्डमको प्रयोग नगरी यौन सम्बन्ध राख्ने गर्दा एचआईभी, हर्पिज, क्लेमाइडिया, भिरिंगी, एचपीभी जस्ता यौनरोगको संक्रमण हुनसक्छ । हिजोआज युवावस्थामा असुरक्षित यौन सम्पर्कका कारण यौन रोगबाट पीडित भएर अस्पताल धाउने धेरै भेटिन्छन् । त्यसैले असुरक्षित यौन सम्पर्क भएको अवस्थामा यी […]

बढ्दै असुरक्षित गर्भपतनको जोखिम

पछिल्लो समय असुरक्षित गर्भपतनको जोखिम बढ्दो छ। किशोरी एवं महिला अज्ञानताका कारण असुरक्षित गर्भपतन गर्न बाध्य भइरहेका छन्। मातृ मृत्युदर गराउने प्रमुख कारणमध्ये असुरक्षित गर्भपतन एक हो। आपसी सहमतिमा शारीरिक सम्पर्क गर्ने। तर, बच्चा नचाहने र छोराकै लोभ गर्ने दम्पत्ती असुरक्षित गर्भपतन गर्न बाध्य भइरहेका छन्। यसले महिलाको शारीरिक समस्यालाई जटिल बनाएको छ। असुरक्षित गर्भपतनको […]

नेपालमा ५७ प्रतिशत गर्भपतन अझै असुरक्षित

२९ मंसिर, चितवन । पछिल्लो समय असुरक्षित गर्भपतन चुनौती बन्दै गएको पाइएको छ । देशमा प्रति वर्ष करिब १ लाख महिलाले सुरक्षित रुपमा गर्भपतन गराउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार ४३ प्रतिशत गर्भपतन सुरक्षित भएको छ भने, ५७ प्रतिशत गर्भपतन अझै असुरक्षित रुपमा भइरहेको छ । बागमती प्रदेश सरकार स्वास्थ्य निर्देशनालय हेटौंडाका निर्देशक […]

दक्ष जनशक्ति नहुँदा असुरक्षित गर्भपतन बढ्दो

नेपालमा हुने असुरक्षित गर्भपतनलाई निरुत्साहित पारी सुरक्षित रूपमा हुने गर्भपतनलाई प्रोत्साहन गर्न एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । मधेश प्रदेशमा गर्भपतन गराउने दक्ष जनशक्ति नहुँदा असुरक्षित गर्भपतन बढेको छ...

जीतपुर सिमराका नगरप्रमुख भन्छन्, म असुरक्षित छु

सिमरा : बाराको जितपुर सिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले आफू वडाध्यक्षबाट असुरक्षित भएको भन्दै सुरक्षा माग गरेका छन्।वडा नं. ७ का अध्यक्ष सुनिल गुप्ताले पटकपटक दलबलसहित आएर नगरपालिकामा तालाबन्दी गरेको भन्दै सुरक्षाको प्रत्यभूति दिलाउन माग गरेका हुन्।गुप्ताले नगरपालिकामा आएर अराजकता प्रर्दशन गरेको भन्दै उनले सुरक्षा निकायले समेत आफूलाई सुरक्षाको प्रत्याभूति दिलाउन नसकेको बताए।  उनले भने, ‘म असुरक्षित छु। पालिका असुरक्षित छ। पालिकामा बसेर काम गर्ने वातावरण छैन’, उन

असुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै

नेपालमा असुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको छ। सरकारी तथ्यांक अनुसार गर्भपतन गराउनेहरुमध्ये ४३ प्रतिशतले मात्रै सुरक्षित रुपमा गराएको देखिएका छन्।

असुरक्षित रुपमा घरमै सुत्केरी हुँदा मृत्यु

ठूलीभेरी नगरपालिका –६ दुरगाउँ डोल्पाकी २४ वर्षीया आतमाया विकको असुरक्षित रुपमा घरमै सुत्केरी हुँदा मृत्यु भएको छ ।  स्वास्थ्य संस्था नगई घरमै असुरक्षित रुपमा सुत्केरी भएकी विकको शिशु जन्मिनेबित्तिकै अत्यधिक रक्तस्रावका कारण आज बिहान मृत्यु भएको स्थानीयवासी लक्ष्मीचन्द्र कार्कीले जानकारी दिए।  शिशुको स्वास्थ्य अवस्था राम्रो भए पनि दूधको अभावमा समस्या भएको उनले बताए। सदरमुकाम दुनैभन्दा पाँच घण्टा पैदल दूरीमा दुरगाउँ रहेको छ । अघिल्लो वर्ष पनि यही ठाउँमा सुत्केरीको मृत्यु भएको थियो ।

अझै रोकिएन अछाममा असुरक्षित गर्भपतन

ग्रामिक क्षेत्रका महिलालाई सुरक्षित गर्भपतनबारे जानकारी नहुँदा र सेवा प्रदायक सस्थासँगको सहज पहुँच नहुनुले पनि असुरक्षित रुपमा गर्भपतन कार्य बढिरहेको छ।

कर्णालीको असुरक्षित यात्रा

मापसे गरी गाडी चलाउँदै अधिकांश चालकजुम्ला-कर्णाली राजमार्गको यात्रा असुरक्षित बन्दै गएको छ । एक लेनको साँघुरो सडकमा अत्यधिक सवारी चाप, सडक अतिक्रमण र चालकहरूको लापरबाहिले कर्णाली राजमार्गको यात्रा असुरक्षित बन्दै गएको हो । साँघुरो सडक त्यसैमाथि मनपरी रूपमा सडकमै राखिएका ढुंगा, गिट्टी, बालुवा लगायतका निर्माण सामाग्रीले राजमार्गमा दुर्घटनाको जोखिम बढेको छ ।तर, पछिल्लो समय कर्णाली […]