काठमाण्डाै - सरकारले यस वर्षको मानवअधिकार पुरस्कार मानव अधिकारकर्मी प्रा.डा कपिलमान श्रेष्ठ र मानव सेवा आश्रमलाई दिने भएको छ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले व्यक्तितर्फ श्रेष्ठलाई र संस्थातर्फ मानव सेवा आश्रमलाई प्रदान गर्ने निर्णय गरेको जनाएको छ । मानव सेवा आश्रमले काठमाण्डौका सडकपेटी तथा अन्य सार्वजनिक ठाउँमा रहेका असहाय, बेवारिस व्यक्तिको उद्धार, उपचार तथा मरेपछि शवको सद्गत वा व्यवस्थापनलगायतका काम गर्दै आएको छ ।
यस्तै लामो समयदेखि मानवअधिकारका विभिन्न विधामा अध्ययन, अनुसन्धान, अध्यापन, लेख रच...