काठमाडौँ,१२ भदौ । पाँच जनाको पहलमा सुरु भएको मानव सेवा आश्रम बागलुङ शाखाले अहिले व्यापकरूप लिँदै छ । आश्रमले अहिले आफ्नै सुविधा सम्पन्न भवन निर्माण गरिरहेको छ । मुठ्ठीदानबाट सञ्चालित आश्रममा अहिले विभिन्न व्यक्ति तथा सङ्घ संस्थाले नियमित रुपमा सहयोग गरिरहेका र बागलुङ नगरपालिकाको पहलमा प्राप्त सात रोपनी जग्गामा आश्रमको भवन निर्माण भइरहेको छ । […]