मानव सेवा आश्रम वीरगञ्ज शाखा भवनको शिलान्यास

११ चैत, वीरगञ्ज । १८ करोडको लागतमा बन्ने मानव सेवा आश्रम वीरगञ्ज शाखाको भवनको आज शिलान्यास गरिएको छ । मुख्यमन्त्री लालबाबु राउत गद्दी, सांसद प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले संयुक्त रुपमा शुक्रबार शिलान्यास गरेका हुन् । शिलान्यास गर्नुअघि आयोजित औपचारिक कार्यक्रममा बोल्दै मुख्यमन्त्री गद्दीले जग्गा नहुँदा भवनका लागि रकम छुट्याए […]

सम्बन्धित सामग्री

युवा दिवसको अवसरमा वीरगञ्जका उद्यमीलाई अवार्ड

वीरगञ्ज । अन्तरराष्ट्रिय युवा दिवसको अवसरमा वीरगञ्ज उद्योग वाणिज्य संघ र नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगञ्जले स्थानीय उद्यमीहरूलाई अवार्ड प्रदान गरेका छन् । शनिवार वीरगञ्जमा आयोजित कार्यक्रममा विभिन्न २२ विधामा अवार्ड दिइएको हो । वीरगञ्ज क्षेत्रमा नवीनतम तरीकाले उद्यम सञ्चालन गरेका र सानो पूँजीबाट उद्यम थालेर सफलता पाउँदै गरेकाहरूलाई प्रोत्साहन गर्न अवार्ड दिइएको वीरगञ्ज उद्योग वाणिज्य संघ स्टार्टअप तथा इनोभेसन समितिका संयोजक अनुप अग्रवालले बताए । स्टार्टअप तथा इनोभेसनतर्फको अवार्ड इन्द्रेणी ग्रुप र इजी इट्सलाई दिइएको छ भने लाइफटाइम एचिभर अवार्ड पाउनेमा हँसुवा नास्ता पसल, पराठा हाउस, बाँसबारी जुत्ता, बब्लु टी स्टल, कमल शर्मा फलुदावाला र झमक ब्याण्ड परेका छन् । ‘डेयर टु डू’अन्तर्गत थ्रिल फ्याक्ट्री, माल्ट, वान इलेभेन, एक्सप्रेस कार वास, वल्र्ड अफ वन्डर, त्रिशला र मेजिक बेलले अवार्ड पाएको एनवाईईएफ वीरगञ्जका अध्यक्ष सन्दीप अग्रवालले बताए । उदीयमान व्यवसायमा स्पोटर््स हाउस नेपाल र आयो परेका छन् । सामाजिक सेवातर्फ मानव सेवा आश्रम, राउण्ड टेबल नेपाल, रोटरी क्लब अफ नेपाल वीरगञ्ज र रक्तदाता योगेश खनाल सम्मानित भएका छन् । सो अवसरमा ‘परिवर्तन र नवप्रवर्तनमा युवा सहभागिता’ विषयक अन्तरक्रिया पनि आयोजना गरिएको थियो । सो कार्यक्रममा संघीय सांसद विना जयसवाल, एनवाईईएफ केन्द्रीय अध्यक्ष सहारा जोशी, वीरगञ्ज उद्योग वाणिज्य संघ स्टार्टअप तथा इनोभेसन समितिका संयोजक अनुप अग्रवाल, एनवाईईएफ वीरगञ्जका अध्यक्ष सन्दीप अग्रवाल, सामाजिक अभियन्ता नुतन सरावगी, विश्लेषक विनोद गुप्तालगायतले आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनमा युवाको सार्थक सहभागिताको खाँचो औंल्याए । राज्यले युवा उद्यममैत्री नीति र कानून निर्माण गर्नुपर्नेमा उनीहरूको जोड थियो । अन्तरक्रियाको सहजीकरण न्यू बिजनेश एजका प्रदेश ब्यूरो प्रमुख ओमप्रकाश खनालले गरेका थिए । त्यसअघि कार्यक्रम उद्घाटनको पहिलो सत्रलाई सम्बोधन गर्दै वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले युवाको सक्रियताविना देशले विकासमा कोल्टे नफेर्ने भन्दै नवप्रवर्तनका लागि सहकार्य गर्न महानगर तयार रहेको बताए । मुख्य वक्ता मानसी अग्रवालले युवाले आफूमा दक्षता वृद्धि गर्नुपर्ने र प्रविधिले ल्याएको परिवर्तनसँग अभ्यस्त हुनुपर्ने बताइन् । नेपाल उद्योग वाणिज्य महासंघ, मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले युवामैत्री नीतिको खाँचो औंल्याए ।

वीरगञ्जको सडकबाट एक युवकको उद्धार

८ फागनु, वीरगञ्ज । मानव सेवा आश्रम वीरगञ्ज शाखाको टोलीले वीरगञ्जबाट एक युवकको उद्धार गरेको छ । वीरगञ्जको मुर्ली चोकस्थित पाण्डे मेडिकल नजिकैबाट आइतबार राति भारत उत्तर प्रदेश देवररिया जिल्ला नारायणपुरका ३५ वर्षीय पुरुषको उद्धार गरिएको …

प्रेम दिवसको अवसरमा वीरगञ्जबाट दुई जना सडक मानवको उद्धार

३ फागुन, वीरगञ्ज । वीरगञ्जमा खुल्ला आकाशमुनि कष्टकर जीवन विताइरहेका दुई जनाको उद्धार गरिएको छ । मानव सेवा आश्रम वीरगञ्ज शाखाले प्रेम दिवसको अवसर पारेर रात्री गस्ती गरी उनीहरुको उद्धार गरेको हो । टोलीले घण्टाघर, पावरहाउस …

बीरगञ्जमा मानव सेवा आश्रमकाे शिलान्यास

काठमाडौं । मानव सेवा आश्रम वीरगञ्ज शाखा भवनको आज (शुक्रबार) शिलान्यास गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले शुक्रबार एक कार्यक्रमकाबीच भवनको शिलान्यास गर्नुभएको हो । मुख्य मन्त्री राउतले जग्गा नहुँदा भवनका लागि रकम छुट्याए पनि खर्च गर्न नपाएको भन्दै सरकार भवन निर्माणमा प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भवन निमार्णको लागि ३० लाख रुपैयाँ […]

एयर होस्टेसको जागिर छोडेर मानव सेवामा

१९ असोज, वीरगञ्ज । १२ असोज मंगलबार धनुषाको धनुषाधाम नगरपालिका-९ धारापानीबाट मानव सेवा आश्रम वीरगञ्ज शाखाको टोलीले एक गर्भवतीको उद्दार गर्‍यो । उनको मानसिक स्वास्थ्य कमजोर थियो । सडक पेटीमा बेवारिसे थिइन् । कागजमा आफ्नो नाम ‘रिना देवी’ लेख्थिन् । धनुषाबाट एम्बुलेन्समा वीरगञ्ज ल्याउँदा रात परिसकेको थियो । चेकजाँचका लागि प्रभु अस्पताल ल्याउँदा उनलाई सुत्केरी […]

मानसिक स्वास्थ्य कमजोर रहेकी गर्भवतीको उद्धार

१२ असोज, वीरगञ्ज । मानव सेवा आश्रम वीरगञ्ज शाखाले मानसिक स्वास्थ्य कमजोर भएकी एक गर्भवतीको उद्धार गरेको छ । धनुषाको धनुषाधाम नगरपालिका–९ धारापानीबाट उनको उद्धार गरिएको हो । लेखेर रिना देवी नाम बताउने उनको मानसिक स्वास्थ्य अवस्था कमजोर छ । अन्य मानिसलाई देख्ने बित्तिकै गाली गर्ने र एक्लै पनि कराइरहने समस्या उनमा छ । सामाजिक […]

मानव सेवा आश्रम जस्ता संस्था आत्मनिर्भर हुनुपर्छ : नगर प्रमुख सरावगी

२१ भदौ, वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले मानव सेवा आश्रम जस्ता संस्था आत्मनिर्भर बन्नुपर्नेमा जोड दिएका छन् । त्यसका लागि कसरी आय आर्जन गर्न सकिन्छ भनेर सोच्नुपर्ने उनको भनाई छ । वीरगञ्जमा बनाउन लागिएको आश्रम शाखाको भवनको प्रारम्भिक खाका प्रस्तुतीकरण कार्यक्रममा उनले त्यस्तो बताएका हुन् । ‘ मानव सेवा आश्रम मानसिक रुपमा […]

चार वर्षदेखि साङ्लोले बाँधेर राखिएका जगेश्वर ठाकुरको उद्धार

२२ जेठ, वीरगञ्ज । मानसिक सन्तुलन गुमेपछि विगत चार वर्षदेखि साङ्लोमा बाँधेर राखिएका जगेश्वर ठाकुरको उद्धार गरिएको छ । बाराको कलैया उपमहानगरपालिका–१८ मोतिसरका ठाकुरलाई शनिबार उद्धार गरिएको हो । जिल्ला प्रहरी कार्यालय बाराको सहयोगमा मानव सेवा आश्रम वीरगञ्ज शाखाको टोलीले ठाकुरलाई उद्धार गरेर वीरगञ्ज ल्याएको छ । उद्धार गर्नु अघि उनलाई बाँध्न प्रयोग गरिएको साङ्लो […]

https://www.onlinekhabar.com/2020/03/844042

१ चैत, वीरगञ्ज । वीरगञ्जमा झण्डै एक महिनादेखि अलपत्र अवस्थामा रहेकी वृद्धाको उद्दार गरिएको छ । मानव सेवा आश्रम वीरगञ्ज शाखाको टोलीले घण्टाघर नजिकैबाट उनको उद्दार गरेको हो । मानव सेवा आश्रम वीरगञ्ज शाखाका संरक्षक प्रकाश …

७ महिनादेखि हराएकी छोरीले बुवा भेटेपछि…

१७ माघ, वीरगञ्ज । मानव सेवा आश्रम वीरगञ्ज शाखामा बुधबार एक भारतीय नागरिक आइपुगे । उनलाई देख्नासाथ आश्रमभित्र एक युवती भक्कानिँदै गएर अंगालो हालिन् । भारतको बिहारस्थित मानीपुरबाट आएका ती व्यक्ति थिए विरन राम । र, …