एकदिवसीय विश्वकप क्रिकेटमा भारतले आफ्नो उच्च लय कायमै राख्दै लगातार पाँचौं जित हासिल गरेको छ। आइतबार भएको खेलमा भारतले न्युजिल्यान्डलाई ४ विकेटले पराजित गरेको हो। भारतले २००३ पछि पहिलो पटक विश्वकप क्रिकेटमा न्युजिल्यान्डलाई पराजित गरेको हो। टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा अलआउट हुँदै २ सय ७४ रनको लक्ष्य प्रस्तुत गरेको थियो। […]