काठमाडौँ – टी–२० विश्वकप क्रिकेटमा भारतले लगातार दोस्रो जित निकालेको छ। आफ्नो पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेको भारतले बिहीबार भएको दोस्रो खेलमा नेदरल्याण्डस्लाई ५६ रनले हराएको हो। अष्ट्रेलियाको सिड्नीमा टस जितेर पहिले व्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १७९ रन बनाएको थियो। भारतका लागि विराट कोहलीले सर्वाधिक ६२ रन बनाएर नटआउट रहे। […]