प्रकृया मिचेर पुराना सरकारी सामान बिक्री गरी अनियमितता गरेकाे आरोप
सिरहाको लहान नगरपालिका ७ को नयाँ भवन निर्माणका लागि पुरानो भवन भत्काउँदा निकालिएका सामान र प्रयोगमा नरहेका करिब १५ लाख ५० हजार रुपैयाँ मूल्यका सामानहरु प्रकृया मिचेर बिक्री गरिएको पूर्व...
काठमाडाैं । मोरङको सुन्दरहरैँचा नगरपालिका– १० मा लोहन्द्रा केराबारी साझेदारी वन व्यवस्थापन समितिले आर्थिक अनियमितता गरेको भन्दै स्थानीयवासीले विगत एक महिना अगाडि वन कार्यालयमा लगाएको ताला अझै खुल्न सकेको छैन । वन समितिको मिलेमतोमा रु ३० करोडभन्दा बढी आर्थिक अनियमितता भएको आरोप लागेको हो । उपभोक्ता मित्रसेन योञ्जनले रु ३० देखि ३५ करोड संस्थाका अध्यक्ष […]
सिरहा– सिरहाको एक सामुदायिक विद्यालयको भवन निर्माणमा व्यापक अनियमितता भएको पाइएको छ । गोलबजार नगरपालिका-९ स्थित जनता माध्यमिक विद्यालयको चारकोठे भवन बनाउँदा व्यापक अनियमितता गरिएको पाइएको हो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तरगत चार कोठे पक्की भवन निर्माणमा प्रधानाध्यापक सुरेन्द्र सिंहले प्राविधिकको स्टिमेटभन्दा बढीको काम विद्यालयको आन्तरिक कोषको रकम निकासा गरी अनियमितता गरेको स्थानीयले आरोप लगाएका […]
प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले सरकारले चरम अनियमितता र सत्ताको दुरुपयोग गरिरहेको आरोप लगाएको छ ।नेकपा (एमाले)को स्वास्थ्य तथा जनसंख्या विभागले शुक्रबार च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी ठूलो मात्रामा बजेट रकमान्तर गराएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चरम अनियमितता र सत्ताको दुरुपयोग गरेको बताएको हो । आर्थिक वर्ष सकिनु ३ दिन बाँकी रहँदा स्वास्थ्य तथा […]
काठमाडौं । नेकपा (एमाले) को तर्फबाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितलाई ‘महिलाप्रति अभद्र व्यवहार’ गरेको आरोप लगाएकी रश्मिला प्रजापतिलाई आर्थिक अनियमितता आरोप लगाइएको लिखत सार्वजनिक भएको छ । स्थापित पक्षधरहरूले सोमबार सामाजिक सञ्जालहरूमा २०६० श्रावण ३ गतेका बैठकको निर्णयको लिखत सार्वजनिक गरेका हुन्, जसमा कामपाका पूर्व कर्मचारी प्रजापतिमाथि आर्थिक अनियमितता आरोप लगाइएको छ । […]
संखुवासभा : चैनपुर नगरपालिकामा व्यापक अनियमितता भएको भन्दै सङ्खुवासभाका चार राजनीतिक दलले पत्रकार सम्मेलन गर्दै कारबाहीको माग गरेका छन्।चैनपुर नगरपालिका नगरप्रमुख भरतकुमार खत्री सहित नगरपालिका नेतृत्वले अनियमितता गरेको आरोप लागेका छन्। नगरपालिकामा करोडौंको अनियमितता भएको भन्दै राजनीतिक दलहरू र नगरवासीले विरोध जनाएका छन्।चैनपुर नगरपालिकामा रहेका नेकपा एमाले बाहेकका चार दलले महालेखा परीक्षकको प्रतिवेदन देखाउँदै विरोध गरेका छन्।नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी र जनता समाजवादी
जिल्ला प्रहरी कार्यालयको टोलीद्वारा पक्राउ गरिएको सुन तथा रु १७ लाख बढी रकममा अनियमितता गरेको आरोप लागेको छ । प्रहरीले गत फागुनमा चोरीको भन्दै यहाँको केआइसिंह गाउँपालिका–६ भीताणीबाट उक्त सुन र रकम बरामद गरेको थियो । रकम र सुन भारतबाट चोरी गरी ल्याएको आरोपमा स्थानीय ६० वर्षीया काली भुललाई पक्राउ गरिएको थियो । पक्राउ गरिएकी महिलालाई केही दिन हिरासतमा राखी प्रहरीले छाडेको थियो । उक्त सुन र रकम प्रहरीले हिनामिना गरेको भन्दै यहाँका नागरिक प्रहरीप्रति आक्रोशित बनेका छन् । उनीहरुले सुन र पैस
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा अनियमितता भएको भन्दै छानबिन गरी दोषि उपर कारवाहीको माग गर्दै उजुरी परेको थियो।