दुई डोज नलगाएका व्यक्तिको मोबाइलमा 'पूर्ण खोप' लगाएको मेसेज! अनियमितता भएको भारतीय स्वास्थ्यकर्मीको आरोप

कोरोना भाइरस महामारीमा अग्रपंक्तिमा रहेर काम गरिरहेका भारतीय स्वास्थ्यकर्मीहरूले खोप प्रमाणपत्रमा व्यापक अनियमितता भएको आरोप लगाएका छन्। भारतमा खोपको दुवै डोज नपाउँदै मानिसहरुले दोहोरो खोप लगाएको दर्ता कार्ड दिइरहेको स्वास्थ्यकर्मीहरूको दावी छ। खोप लगाउने सरकारी लक्ष्य पूरा गर्ने दबाबको कारण मानिसहरूलाई दुवै डोज नलिई दोहोरो खोप लिइसकेको भन्दै आधिकारिक रूपमा दर्ता गरिएको…