काठमाण्डाै – नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) सम्झौता नेपाली सेनाको क्षमता वृद्धिका लागि भएको बताउनुभएको छ ।
आज मङ्गलवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै सांसद विश्वकर्माले एसपीपी सम्झौता नेपाली सेनाको सशक्तीकरण, आधुनिकीकरण र सैन्य क्षमता वृद्धिका लागि भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाली सेनाको सशक्तिकरण, आधुनिकीकरण, क्षमता वृद्धिका लागि याे सम्झाैता आएकाे हाे । अमेरिकी सेना र सेनाका प्रतिनिधि विगतमा पन...