जनताको जीवनस्तर उकास्ने गरी बजेट बनाउनुपर्छः सांसद विश्वकर्मा

काठमाडौँ, ७ चैत । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का छविलाल विश्वकर्माले जनताको जीवनस्तर उकास्न प्रभावकारी योजनालाई अगाडि बढाउने गरी बजेट ल्याउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (करप्रस्ताव बाहेक) माथिको छलफलमा उनले जनताकेन्द्रित भएर बजेट ल्याउनुपर्ने सुझाव दिए । “नेपालमा आत्मनिर्भर […]