काठमाण्डाै – सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्मा बलात्कार तथा यौन हिंसाका घटनामा उजुरीका लागि हदम्याद हटाउन नहुने पक्षमा उभिनुभएको छ ।
आज साेमवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद विश्वकर्माले नक्कली मुद्दाकाे चाङ लाग्ने र वास्तविक पीडितले न्याय नपाइ मानसिक सन्तुलन गुमाएर सडकमा आउने अवस्था आउने भन्दै त्यस्ता जघन्य अपराधका घटनाको उजुरीका लागि हदम्याद राख्ने कानुनी व्यवस्था हटाउन नमिल्ने बताउनुभएको हो । उहाँले वृद्ध, अशक्त, बालबालिकाको हकमा भने समयमै उनीहरूले उजुरी दिन नसक्ने भएकाले...