भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आगामी असोज १ गतेदेखि द्रुत बससेवा सञ्चालन गरिने बताउनुभएको छ । एकीकृत सरकारी कर्मचारी सङ्गठनद्वारा सोमबार आयोजित कार्यक्रममा उहाँले पहिलो चरणमा धुलिखेलदेखि रत्नपार्कसम्म ४० सिट क्षमताका २५ वटा बस सञ्चालनका लागि गृहकार्य भइरहेको जानकारी दिनुभयो । उक्त सेवाका लागि छुट्टै सडक ल्यान्ड निर्माण थालिएको बताउँदै उहाँले सडक जाम हुने …