नैतिकताको ‘न’ पनि नभएका मन्त्री ज्वाला, सर्वत्र आलोचना, छैन राजीनामा आउने छाँट

काठमाडौं, १६ पुस । गत शुक्रबार ललितपुरको बालकुमारीमा दुई जना युवाको ज्यान जानेगरी भएको घटनालाई लिएर भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला विवादमा तानिएका छन् । आज (सोमबार) बसेको राज्य व्यवस्था तथा सुशासन समितिका बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वाला त्यहाँ पुगेपछि घटनाले नयाँ मोड लिएको जवाफ दिएका छन् । […]