काठमाडौँ : सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बालकुमारी घटनामा सूचनाको अभावमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला फस्न पुगेको टिप्पणी गरेका छन्।नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव समेत रहेका मन्त्री ज्वाला आन्दोलित समूहको भीडमा पुगेकाले उक्त घटना भएको चर्चा भइरहेका वेला नेपालले यस्तो प्रतिक्रिया दिएका हुन्। सोमवार राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर नेपाली काँग्रेसले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले