संयुक्त विद्यार्थी संगठनहरूले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका छन् । बुधबार बागबजारमा बैठक गरेर उनीहरूले थप आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेका हुन् । मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै विद्यार्थी संगठनहरुले मंसिर ३,४ र ५ गते विभिन्न आन्दोलनका कार्यक्रमहरु गर्ने समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले रातोपाटीलाई बताए । जसअनुसार मंसिर ३ र ४ मा सबै दलका शीर्ष नेताहरूलाई ज्ञापन पत्र बुझाउने कार्यक्