धमाधम बन्दै टेलिकमका टावर

जिल्लाका ग्रामीण क्षेत्रमा फोन तथा इन्टरनेट सेवा विस्तारका लागि नेपाल टेलिकमले आफ्ना जिएसएम तथा फोरजी टावर धमाधम निर्माण गर्न थालेको छ । नेपाल टेलिकमले जिल्लाका नौवटै स्थानीय तहमा फोरजी तथा फोन सेवा विस्तारका लागि काम अगाडि बढाएको छ । यसै सिलसिलामा जिल्लाका बोगटान फुड्सिल, बडिकेदार, जोरायल गाउँपालिकाका विभिन्न वडामा सञ्चार सम्पर्कको सहज पहुँच पु¥याउने उद्देश्यले बडिकेदार गाउँपालिका–५ रन्तोलामा फोरजी टावर निर्माण गर्न थालेको छ । जिल्लाका सबै स्थानीय तहमा इन्टरनेट तथा फोरजी सेवा पु¥याउने उद्देश्यले अहिले टेलिकमले आफ्ना टावर निर्माण गर्न थालेको नेपाल टेलिकम दिपायल राजपुरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँ–गाउँमा फोरजी र सडक फोन सेवा विस्तार गर्ने हाम्रो लक्ष्यअनुसार अहिले टावर निर्माणको काम भइरहेको छ, बडिकेदारमा निर्माण हुने टावरले फोन र इन्टरनेट सेवामा निकै सहज हुने छ ।” यहाँका विकट गाउँमा फोन सेवा नभएका कारण नागरिकलाई सामान्य कुराकानी गर्न तथा नेट चलाउन निकै समस्या हुँदै आएको थियो ।

सम्बन्धित सामग्री

तनहुँमा १९९ टावर बन्दै

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)द्वारा विद्युत प्रसारण लाइन परियोजनाका लागि तनहुँमा एक सय ९९ वटा टावर संरचनाको र एउटा सबस्टेशनको काम भइरहेको छ ।

बुढीनन्दामा एकैपटक नेपाल टेलिकमका चार टावर बन्दै

बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिकामा नेपाल टेलिकमका चार वटा टावर निर्माण हुने भएका छन्। हालसम्म टेलिकमको टावर नरहेको बुढीनन्दाका विभिन्न चार स्थानमा एकैपटक टावर बनाउन लागिएको हो। पालिकाका सबै वडा र बस्तीमा...

तरकारीको केन्द्र बन्दै हर्रेडाँडा

सुर्खेत : सुर्खेतको भेरी गंगा नगरपालिका– ५ हर्रेडाँडा ताजा, हरियो तरकारी र फलफूलकाे केन्द्रका रुपमा परिचय बनाउँदै आएको छ।नेपालगन्ज-जाजरकोट हुँदै डोल्पा राजमार्ग तथा नेपालगन्ज-रारा राजमार्गको मुख्य विन्दुको रुपमा रहेको हर्रेडाँडा बर्दिया राष्ट्रिय निकुन्जको छेउमा रहेको छ।यो रुटमा यात्रा गर्दा धेरै सर्वसाधारणहरूले यहाँको तरकारी लिने गर्दछन्। अधिकांश सञ्चार माध्यमको टावर रहेको अग्लो डाँडा हर्रेमा तरकारीको लागि पनि महत्व रहँदै आएको छ। (तस्वीरहरु)

धमाधम बन्दै टेलिकमका टावर

डोटी । डोटीका ग्रामीण क्षेत्रमा फोन तथा इन्टरनेट सेवा विस्तारका लागि नेपाल टेलिकमले आफ्ना जिएसएम तथा फोरजी टावर धमाधम निर्माण गर्न थालेको छ । नेपाल टेलिकमले जिल्लाका नौओटै स्थानीय तहमा फोरजी तथा फोन सेवा विस्तारका लागि काम अगाडि बढाएको छ । यसै क्रममा जिल्लाका बोगटान फुड्सिल, बडिकेदार, जोरायल गाउँपालिकाका विभिन्न ओडामा सञ्चार सम्पर्कको सहज पहुँच पु¥याउने उद्देश्यले बडिकेदार गाउँपालिका–५ रन्तोलामा फोरजी टावर निर्माण गर्न थालिएको छ ।       जिल्लाका सबै स्थानीय तहमा इन्टरनेट तथा फोरजी सेवा पु¥याउने उद्देश्यले अहिले टेलिकमले आफ्ना टावर निर्माण गर्न थालिएको नेपाल टेलिकम दिपायल राजपुरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले बताउनुभयो । उनले भने, ‘गाउँ–गाउँमा फोरजी र सडक फोन सेवा विस्तार गर्ने हाम्रो लक्ष्यअनुसार अहिले टावर निर्माणको काम भइरहेको छ, बडिकेदारमा निर्माण हुने टावरले फोन र इन्टरनेट सेवामा निकै सहज हुनेछ ।’ यहाँका विकट गाउँमा फोन सेवा नभएकाले नागरिकलाई सामान्य कुराकानी गर्न तथा नेट चलाउन निकै समस्या हुँदै आएको थियो ।      यतिमात्र नभई यहाँका कतिपय ठाउँमा टावर निर्माण नभएकाले फोन गर्नकै लागि रूखमा चढ्नुपर्ने तथा जिल्ला सदरमुकाम जानुपर्ने बाध्यता अहिले पनि कायमै रहेको आदर्श गाउँपालिकाका स्थानीयवासी तथा उद्योग बाणिज्य संघका महासचिव दीपकबहादुर खड्काले बताए । नेपाल टेलिकमको सुदूरपश्चिम प्रादेशिक कार्यालय कैलालीले बडिकेदारको रन्तोलामा उक्त टावर निर्माण गर्न लागेको टेलिकमका फोरजी इन्चार्ज घनश्याम पाठकले जानकारी दिए । केही दिनभित्रै टावर निर्माण सम्पन्न भई सञ्चालन गरिने नेपाल टेलिकमको सुदूरपश्मिम प्रदेश कार्यलय अतरियाले बताएको छ । घाम अस्ताउनेबित्तिकै नेटवर्क जाने समस्याले पीडित बनेका यहाँका नागरिक उक्त टावर सञ्चालन भएपछि नेवटर्क जाने समस्या हट्ने आशा गरेको बडिकेदार–५ का स्थानीयवासी भीमबहादुर बोहराले बताए । रासस

डोटीमा धमाधम बन्दै टेलिकमका टावर

डोटी जिल्लाका ग्रामीण क्षेत्रमा फोन तथा इन्टरनेट सेवा विस्तारका लागि नेपाल टेलिकमले आफ्ना जीएसएम तथा फोरजी टावर धमाधम निर्माण गर्न थालेको छ । नेपाल टेलिकमले जिल्लाका ९ वटै स्थानीय तहमा फोरजी तथा फोन सेवा विस्तारका लागि काम अगाडि बढाएको छ । यसै सिलसिलामा जिल्लाका बोगटान फुड्सिल, बडिकेदार, जोरायल गाउँपालिकाका विभिन्न वडामा सञ्चार सम्पर्कको सहज पहुँच पुर्‍याउने उद्देश्यले बडिकेदार गाउँपालिका–५ रन्तोलामा फोरजी टावर निर्माण गर्न थालेको छ । जिल्लाका सबै स्थानीय तहमा इन्टरनेट तथा फोरजी सेवा पुर्‍याउने उद्...

डोटीमा धमाधम बन्दै टेलिकमका टावर निर्माण

डोटी । जिल्लाका ग्रामीण क्षेत्रमा फोन तथा इन्टरनेट सेवा विस्तारका लागि नेपाल टेलिकमले आफ्ना जिएसएम तथा फोरजी टावर धमाधम निर्माण गर्न थालेको छ । नेपाल टेलिकमले जिल्लाका नौवटै स्थानीय तहमा फोरजी तथा फोन सेवा विस्तारका लागि काम अगाडि बढाएको छ । यसै सिलसिलामा जिल्लाका बोगटान फुड्सिल, बडिकेदार, जोरायल गाउँपालिकाका विभिन्न वडामा सञ्चार सम्पर्कको सहज पहुँच […]

सन्दकपुरमा निर्माण भएको भ्यु टावर एसएसबीले रोक्यो

इलाम । स्थानीय तहको संरचना निर्माणपछि देशकै पर्यटकीय गन्तव्य मानिएको सन्दकपुर डाँडामा सन्दकपुर गाउँपालिकाले निर्माण गर्न थाल्यो । तर, भ्युटावर निर्माणमा पनि एसएसबीले रोक लगायो । त्यो भ्युटावर बन्दै गरेको जग्गा नेपालकै हो तर एसएसबीले आफ्नो भन्दै रोक लगायो । गत वर्ष नेपाल भारत पूर्वी सीमावर्ती क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले जबरजस्ती पिलर गाढेको […] The post सन्दकपुरमा निर्माण भएको भ्यु टावर एसएसबीले रोक्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

प्रधानमन्त्री ओलीको इच्छामा साढे दुई अर्बको ‘भ्यु टावर’ बन्दै

काठमाडौं । सरकारले प्रधानमन्त्री केपी ओलीको इच्छामा साढे दुई अर्ब रुपैयाँ लगानीमा झापामा भ्यु टावर निर्माण गर्ने तयारी गरेको छ। प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रमा व्यावसायिक कम्प्लेक्ससहितको ‘भ्यु टावर’ निर्माण गर्न लागिएको ...

पार्किङका लागि निर्माण गरिएको काठमाडौं भ्यू टावर वैशाखबाट प्रयोगमा ल्याइने

काठमाडौंको पुरानो बसपार्कमा बन्दै गरेको काठमाडौं भ्यू टावर नयाँ वर्षदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

हुम्लामा हेलो नेपालको टावर अस्तव्यस्त - Naya Patrika

दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा सञ्चार सेवा दिँदै आएको हेलो नेपालको टावर अस्तव्यस्त बन्दै गएको छ । हुम्लामा नेपाल टेलिकमले सेवा विस्तार गर्न नसकेपछि हेलो नेपालले जिल्लाका ३ स्थानमा टावर...पूरा पढ्नुहोस् »