पार्किङका लागि निर्माण गरिएको काठमाडौं भ्यू टावर वैशाखबाट प्रयोगमा ल्याइने

काठमाडौंको पुरानो बसपार्कमा बन्दै गरेको काठमाडौं भ्यू टावर नयाँ वर्षदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

सम्बन्धित सामग्री

काठमाडौं ‘भ्यू टावर’ १२ देखि १४ तला थप्ने तयारी

काठमाडौं । निर्माणाधीन काठमाडौं दृश्यावलोकन स्तम्भ ‘भ्यू टावर’ मा १२ देखि १४ सम्म तला थप्ने तयारी भइरहेको छ । साबिक पुरानो बसपार्कमा निर्माण भइरहेको टावरको काम हालसम्म १२ तला सम्पन्न भइसकेको छ । १२औँ तला निर्माणबारे प्राविधिक जाँचका लागि पुल्चोक इञ्जिनियरिङ क्याम्पसले अध्ययन गरी प्रतिवेदन काठमाडौँ महानगरपालिकालाई बुझाइ सकेको अवस्था छ । प्रतिवेदनअनुसार निर्माण मापदण्डअनुसार […]

‘भ्यू टावर’ : १६ महिनामा ७० प्रतिशत सम्पन्न

समयसीमा सकिएको एक वर्ष बितिसक्दासम्म काठमाडौं भ्यू टावर (दृश्यावलोकन स्तम्भ) निर्माणको हालसम्म ७० प्रतिशत मात्र सकिएको छ ।

काठमाडौं भ्यू टावर : १६ महिनामा ७० प्रतिशत सम्पन्न

समयसीमा सकिएको एक वर्ष बितिसक्दासम्म काठमाडौँ भ्यू टावर (दृश्यावलोकन स्तम्भ) निर्माणको हालसम्म ७० प्रतिशत मात्र सकिएको छ ।  स्तम्भ निर्माणका लागि जलेश्वर, स्वच्छन्द र बिकोईले विसं २०७३ साउनबाट निर्माणको काम सुरु गरेको हो । स्तम्भ निर्माणका लागि काठमाडौँ महानगरपालिका (कामपा) र जलेश्वर, स्वच्छन्द र बिकोई कम्पनीबीच २०७१ साल फागुन २२ गते सम्झौता भएको थियो । सम्झौताअनुसार पाँच वर्षभित्र ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म भोगचलन गर्न सक्ने उल्लेख छ ।  निर्माणको काम अन्तर्गत अहिल

सात वर्षदेखि अलपत्र भ्यू टावर : खुलामञ्चमा भूमिगत पार्किङ योजनामा महानगर

काठमाडौं : काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रको सवारी चाप व्यवस्थापन गर्न भन्दै आज भन्दा ७ वर्षअगाडि शिलान्यास गरेको काठमाडौं भ्यू टावर अलपत्र छ। ठेकेदार कम्पनी र काठमाडौं महानगरको ढिला सुस्तीका कारण निर्माण हुन नसकेको हो।  वर्षाै‌देखि अलपत्र टावर निर्माण नसकिँदै महानगरले खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजना अगाडि बढाएको छ। यसअघि अस्थायी बसपार्कको रूपमा प्रयोग गरिएको खुलामञ्चमा भूमिगत पार्किङ निर्माणका लागि डीपीआर तयार गर्ने लागेको काठमाडौं महानगरपालिकाले जनाएको छ। अलपत

काठमाडौं भ्यू टावर बनेपछि महानगरलाई वार्षिक ७० लाख भाडा !

काठमाडौं । काठमाडौंको रत्नपार्कमा निर्माणाधीन भ्यू टावर निर्माणको काम २०७८ साल असारभित्रमा सम्पन्न भइसक्नुपर्ने थियो । म्याद सकिएको तीन महिना बित्यो । बल्ल–बल्ल छ तला उठ्दैछ । काठमाडौं महानगरपालिकाले भ्यू टावर निर्माणमा भएको ढिलासुस्तीलाई बेवास्ता गरेको छ । जसको प्रत्यक्षमा मारमा सर्वसाधरण परिरहेका छन् । महानगरपालिका र निर्माण कम्पनीबीचको सम्झौताअनुसार निर्माण...

काठमाडौं भ्यू टावर : १२ तलाको नक्सा पास २९ तलाको जग

चैत अन्तिम साता भएको काठमाडौं महानरपालिकाको नगरसभामा वडा नम्बर ५ का अध्यक्ष रमेश डंगोलले मेयर विद्यासुन्दर शाक्यलाई सोधे– मेयरसाब, बसपार्कमा भ्यू टावर बनाउन लागेको तीन वर्ष भयो। अहिलेसम्म केही बनेको देखिँदैन, त्यहाँभित्र के भइरहेको छ? मेयर शाक्यले जवाफ दिए– उपमेयरज्यूलाई सोध्नुस्। यस्ता कुरा उहाँलाई धेरै थाहा हुन्छ। शाक्यको जवाफ सुनेर उपमेयर हरिप्रभा खड्गी अक्कमक्क परिन्।…

एपेक्स बैंक घोटाला प्रकरणः ‘क’ श्रेणीका ठेकेदार भेटवाल समातिए

३ बैशाख, काठमाडौं । एपेक्स बैंकको करिब दुई अर्ब रुपैयाँ घोटाला काण्डमा ‘क’ श्रेणीका ठेकेदार मनोजकुमार भेटवाल पक्राउ परेका छन् । उनीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले सोमबार पक्राउ गरेको हो । जलेह्वर स्वच्छन्द विकोई विल्डर्सका सञ्चालक उनको कम्पनीले रत्नपार्कमा काठमाडौं भ्यू टावर बनाइरहेको छ । उनले कमसल जग्गा धितो राखेर …

काठमाडौं भ्यू टावर निर्माण अलपत्र, बोलपत्र रद्द गर्दै कामपा :: Pahilopost.com

काठमाडौँ : सम्झौता भएको एक वर्ष बितिसक्दासम्म काम अघि नबढाएको भन्दै काठमाडौँ महानगरपालिकाले काठमाडौँ भ्यू टावर निर्माता कम्पनीसँगको बोलपत्र रद्द…