बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिकामा नेपाल टेलिकमका चार वटा टावर निर्माण हुने भएका छन्। हालसम्म टेलिकमको टावर नरहेको बुढीनन्दाका विभिन्न चार स्थानमा एकैपटक टावर बनाउन लागिएको हो।
पालिकाका सबै वडा र बस्तीमा...
जाजरकोट । डोल्पामा नेपाल टेलिकमको भरपर्दो सेवा नहुँदा जनताले अहिले पनि सास्ती खेप्नु परेको छ । डोल्पामा राखिएका टेलिकमका टावरले घाम छउन्जेलमात्र सेवा दिन थालेपछि डोल्पाली जनताले फोनका लागि सास्ती खेप्नु परेको हो ।
जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–२ रसी लेकमा राखिएको माइक्रो वेब टावरले राम्रोसँग काम नगर्दा यहाका जनताले फोन र इन्टरनेट सुविधा ढुक्कले उपभोग गर्न पाएका छैनन् । मङ्सिर महिना शुरू भएसँगै त्रिपुरासुन्दरी र ठूलीभेरी नगरपालिकाका विभिन्न स्थानमा फोन तथा इन्टरनेटका लागि राखिएका टावरहरु अवरुद्ध हुन थालेका हुन् ।
हिमाली क्षेत्रमा चिसो बडेसँगै टावर पनि आउनेजाने हुन थालेको त्रिपुराकोट निवासी दुर्गाप्रसाद देवकोटाले बताए । एक महिनायतादेखि साँझसम्म आउने फोनको टावर बिहान उठ्दाखेरि एकाएक गायब हुन थालेको उनको भनाइ थियो। “आजको युगमा फोन र इन्टरनेट अपरिहार्य छ, कठिन भौगोलिक वनावट र यातायातको सुविधा नहुँदा दुर्गममा सामान्य खबर आदानप्रदान गर्न पनि एक ठाउँबाट अर्को ठाउँमा पुग्नु पर्छ, फोन र इन्टरनेट भैदियो भने घरबाटै खबर आदानप्रदान गर्न सकिन्छ”, देवकोटाले भने ।
प्रत्येक दिन करिब पाँच घण्टासम्म फोन र इन्टरनेट सेवा दुवै जान थालेपछि दुर्गमका नागरिकलाई समस्या भएको उनको भनाइ थियो । डोल्पालवासीका लागि दुर्गमलाई सुगमसँग जोड्ने र सुगमको अनुभूति गराउने फोन र इन्टरनेट नै भएकाले टावरलाई कसरी हुन्छ जुनसुकै बेला पनि चल्ने बनाउन उहाँले आग्रह गरे । रसी लेकमा राखिएको टावर अवरुद्ध भएसँगै जुफाल र त्रिपुराकोटको पनि टावर अवरुद्ध हुने गर्दछ । त्रिपुराकोटको टावर केही महिना अघिमात्रै सञ्चालन भए पनि रसी र जुफालको टावरमा भने ऊर्जाको समस्या रहेको नेपाल टेलिकम जिल्ला शाखाका अधिकृत जयलाल बुढाथोकीले बताए ।
विद्युत् पनि नजोडिएको अवस्था र घाम नलाग्दा सोलारले राम्रोसँग काम नगर्ने भएपछि मङ्सिरयता यहाँका विभिन्न टावरमा समस्या आइरहेको उनको भनाइ थियो । रसी र जुफालको टावरमा सोलार र ब्याट्री थप भएमा यो समस्या हटथ्यो तर रसी लेकमा राखिएको टावरका लागि आँखे खोला जलविद्युत्बाट पोलसमेत गाडिए पनि विद्युत् सञ्चालन नभएपछि बत्ती भने जान सकेको छैन ।
बाँके । बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकामा नेपाल टेलिकमका थप १० ओटा टावर राख्नका माग गरिएको छ । नेपाल टेलिकम केन्द्रीय कार्यालयले यसअघि टेन्डर आह्वान गरेको १५० ओटा टेलिकमको टावरमध्ये १० ओटा टावर राप्ती सोनारी र नरैनापुरमा जडान गर्न माग गरिएको छ ।
हाल नेपाल टेलिकमको टावर राप्ती सोनारीमा ८ ओटा र नरैनापुरमा ३ ओटा छन् । तर पनि धेरैजसो गाउँबस्तीमा टेलिकमको टावर नटिप्ने समस्या भएपछि लुम्बिनी प्रदेशकी सांसद मन्त्री कृष्ण केसीसहितको टोलीले थप टेलिकमको टावर राख्न नेपाल टेलिकमसँग माग गरेको हो । त्यसका लागि नेपाल टेलिकमको प्रदेश कार्यालय र केन्द्रीय कार्यालय दुवै स्थानमा छलफल गरिसकेको बताएको छ ।
अब माग अनुसार टावर निर्माणको काम अघि बढाइने प्रदेश सांसद केसीले जानकारी गराइन् ।
विशेष गरी कोहलपुर नगरपालिकाको चप्पलगौडीदेखि दाङको सीमाना शिव खोलासम्मको करीब ४२ किलोमिटर दूरीमा टेलिफोन टावरको समस्या छ । उक्त क्षेत्रलाई समेटनेगरी टावरको माग गरिएको सांसद केसीले बताइन् ।
साथै हाल राप्ती सोनारी र नरैनापुरमा रहेको टेलिकम टावरको रेन्च कम भएको बताउँदै उनले ती टावरहरूको स्तरोन्नति गरी रेञ्च बढाउन पनि माग गरिएको बताइन् ।
केसीसहितको टोलीले बिहीवार नेपाल टेलिकम लुम्बिनी प्रादेशिक कार्यालय भैरहवामा पुगेर टावरहरूको स्तरोन्नति र नयाँ टावरहरू राख्नेबारे छलफल गरेका छन् । उनीहरूले निमित्त कार्यालय प्रमुख शिव खनालसहित अन्य शाखामा टावर राख्ने बारेमा छलफल गरेका हुन् । यसअघि पनि केसीसहितको टोली नेपाल टेलिकम केन्द्रीय कार्यालय काठमाडौंमा टावरको माग गर्न पुगेको थियो ।
डोटी । डोटीका ग्रामीण क्षेत्रमा फोन तथा इन्टरनेट सेवा विस्तारका लागि नेपाल टेलिकमले आफ्ना जिएसएम तथा फोरजी टावर धमाधम निर्माण गर्न थालेको छ । नेपाल टेलिकमले जिल्लाका नौओटै स्थानीय तहमा फोरजी तथा फोन सेवा विस्तारका लागि काम अगाडि बढाएको छ । यसै क्रममा जिल्लाका बोगटान फुड्सिल, बडिकेदार, जोरायल गाउँपालिकाका विभिन्न ओडामा सञ्चार सम्पर्कको सहज पहुँच पु¥याउने उद्देश्यले बडिकेदार गाउँपालिका–५ रन्तोलामा फोरजी टावर निर्माण गर्न थालिएको छ ।
जिल्लाका सबै स्थानीय तहमा इन्टरनेट तथा फोरजी सेवा पु¥याउने उद्देश्यले अहिले टेलिकमले आफ्ना टावर निर्माण गर्न थालिएको नेपाल टेलिकम दिपायल राजपुरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले बताउनुभयो । उनले भने, ‘गाउँ–गाउँमा फोरजी र सडक फोन सेवा विस्तार गर्ने हाम्रो लक्ष्यअनुसार अहिले टावर निर्माणको काम भइरहेको छ, बडिकेदारमा निर्माण हुने टावरले फोन र इन्टरनेट सेवामा निकै सहज हुनेछ ।’ यहाँका विकट गाउँमा फोन सेवा नभएकाले नागरिकलाई सामान्य कुराकानी गर्न तथा नेट चलाउन निकै समस्या हुँदै आएको थियो ।
यतिमात्र नभई यहाँका कतिपय ठाउँमा टावर निर्माण नभएकाले फोन गर्नकै लागि रूखमा चढ्नुपर्ने तथा जिल्ला सदरमुकाम जानुपर्ने बाध्यता अहिले पनि कायमै रहेको आदर्श गाउँपालिकाका स्थानीयवासी तथा उद्योग बाणिज्य संघका महासचिव दीपकबहादुर खड्काले बताए । नेपाल टेलिकमको सुदूरपश्चिम प्रादेशिक कार्यालय कैलालीले बडिकेदारको रन्तोलामा उक्त टावर निर्माण गर्न लागेको टेलिकमका फोरजी इन्चार्ज घनश्याम पाठकले जानकारी दिए ।
केही दिनभित्रै टावर निर्माण सम्पन्न भई सञ्चालन गरिने नेपाल टेलिकमको सुदूरपश्मिम प्रदेश कार्यलय अतरियाले बताएको छ । घाम अस्ताउनेबित्तिकै नेटवर्क जाने समस्याले पीडित बनेका यहाँका नागरिक उक्त टावर सञ्चालन भएपछि नेवटर्क जाने समस्या हट्ने आशा गरेको बडिकेदार–५ का स्थानीयवासी भीमबहादुर बोहराले बताए । रासस
जिल्लाका ग्रामीण क्षेत्रमा फोन तथा इन्टरनेट सेवा विस्तारका लागि नेपाल टेलिकमले आफ्ना जिएसएम तथा फोरजी टावर धमाधम निर्माण गर्न थालेको छ । नेपाल टेलिकमले जिल्लाका नौवटै स्थानीय तहमा फोरजी तथा फोन सेवा विस्तारका लागि काम अगाडि बढाएको छ । यसै सिलसिलामा जिल्लाका बोगटान फुड्सिल, बडिकेदार, जोरायल गाउँपालिकाका विभिन्न वडामा सञ्चार सम्पर्कको सहज पहुँच पु¥याउने उद्देश्यले बडिकेदार गाउँपालिका–५ रन्तोलामा फोरजी टावर निर्माण गर्न थालेको छ ।
जिल्लाका सबै स्थानीय तहमा इन्टरनेट तथा फोरजी सेवा पु¥याउने उद्देश्यले अहिले टेलिकमले आफ्ना टावर निर्माण गर्न थालेको नेपाल टेलिकम दिपायल राजपुरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँ–गाउँमा फोरजी र सडक फोन सेवा विस्तार गर्ने हाम्रो लक्ष्यअनुसार अहिले टावर निर्माणको काम भइरहेको छ, बडिकेदारमा निर्माण हुने टावरले फोन र इन्टरनेट सेवामा निकै सहज हुने छ ।” यहाँका विकट गाउँमा फोन सेवा नभएका कारण नागरिकलाई सामान्य कुराकानी गर्न तथा नेट चलाउन निकै समस्या हुँदै आएको थियो ।
सुर्खेत । पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका आसपासका नागरिकले मोबाइल नेटवर्क गइरहने समस्याबाट छुटकारा पाएका छन् । नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण र सिम्ता गाउँपालिकाको सहकार्यमा काप्रिचौरमा टेलिकमको नयाँ रिपिटर टावर सञ्चालनमा ल्याइएसँगै मोबाइल नेटवर्क गइरहने समस्या अन्त्य भएको हो ।
करीब १० वर्षपहिले सोलारबाट सञ्चालित टेलिकमको मोबाइल टावरमा विद्युत् लाइन जडान गरिएपछि वर्षात् र हिउँदमा नेटवर्क गइरहने समस्या हट्ने भएको छ । नेपाल टेलिकमको २० लाख, नेपाल विद्युत् प्राधिकरणको १५ लाख र सिम्ता गाउँपालिकाको १५ लाख रुपैयाँ लागतमा विद्युत् लाइन विस्तार गरिएपछि टेलिकमको नयाँ रिपिटर टावर स्थापना भएको हो ।
टेलिकमका सुर्खेत प्रमुख नारायणप्रसाद कुसीले सिम्ता आसपासका क्षेत्रमा वर्षात् र हिउँद मासमा पर्याप्त घाम नलाग्दा सोलार चार्ज नभएर फोन नलाग्ने समस्या अन्त्य भएको बताए । ‘सिम्ताको उच्च स्थानमा अवस्थित काप्रिचौरमा विद्युत् लाइन पुर्याउनुका साथै नयाँ रिपिटर टावर जडान गरेर सञ्चालनमा ल्याएका छौं,’ उनले भने, ‘कुनै कारण विद्युत् गरिहाले पनि सोलारको ब्याकअप थप परिष्कृत गरेर जुनसुकै बेला पनि टावरले काम गर्ने बनाएका छौं ।’
उनका अनुसार काप्रिचौर रिपिटर टावरमा दोव्बर क्षमताका ८०० मेगाहर्ज र १ हजार ८०० मेगाहर्ज ब्याण्ड जडान गरिएको छ । सिम्ता गाउँपालिका आसपासका क्षेत्रका सेवाग्राहीलाई लक्षित गरेर केही दिनमै टेलिकमको फोरजी सेवा समेत सञ्चालनमा ल्याउन लागिएको उनले जानकारी दिए ।
सिम्ता गाउँपालिकाका अध्यक्ष कवीन्द्रकुमार केसीले विकासका पछि परेको सिम्ता क्षेत्रका आम नागरिकको माग र जनप्रतिनिधिको प्रयत्नबाट टेलिकमको नयाँ रिपिटर टावर स्थापना भएको बताए । यससँगै अब मोबाइल फोन नलाग्ने समस्या अन्त्य हुने विश्वास व्यक्त गरे । ‘सिम्तामा भरपर्दो मोबाइल सेवा नहुँदा नागरिक आजित थिए, इन्टरनेट सेवा भरपर्दो नहुँदा सरकारी सेवा प्रवाह बेला बेलामा अवरुद्ध हुने समस्या थियो,’ उनले भने, ‘रिपिटर टावर निर्माण भएसँगै स्थानीय बासिन्दा, सिम्ता पुग्ने व्यापारी र पर्यटकलाई समेत सुविधा पुग्नेछ ।’
असार ९, काठमाडौं । नेपाल टेलिकम (एनटिसी)का मोबाइल नम्बरमा समस्या देखिएको छ ।
बुधवार बिहानैदेखि पोष्टपेड र प्रिपेड मोबाइल नम्बरमा फोन नलाग्ने समस्या देखिएको हो । कम्पनीको मोबाइल सेवामा टावर नै नदेखाउने अवस्था रहेको छ भने अन्य कुनै नेटवर्कमा फोन नजाने देखिएको छ ।
नेपाल टेलिकमका एक अधिकारीका अनुसार बुधवार बिहानदेखि नेटवर्कमा एक्कासि समस्या आएको र प्राविधिकहरूले काम गरिरहेको छन् ।
उनका अनुसार समस्या समाधान गर्न केही समय लाग्नेछ । हाल टेलिकमको सिमबाट कुनैपनि नेटवर्कमा सम्पर्क हुन सकेको र हालसम्म समस्या पत्ता लागिनसकेको छैन ।
कम्पनीको ल्याण्डलाईन तथा मोबाइल नेटवर्क दुवैमा समस्या देखिएको छ ।