रुसी भ्याक्सिन स्पुतनिक–भी ६० देशमा स्वीकृत

एजेन्सी। रुसमा बनेको कोरोनाविरुद्धको भ्याक्सिनले संसारका ६० देशमा आपतकालीन प्रयोगका लागि स्वीकृति पाएको छ। रुसले यो भ्याक्सिन बनाउँदा अधिकांश देशले यसप्रति विश्वास गरेका थिएनन्। भारतले मे १ तारिखमा स्पुतनिक–भीको पहिलो खोप पाउने भएको छ। यो खोपलाई स्वीकृति दिनेमा नेपाललगायत टर्की, चिली, अर्जेन्टिना, यूएई, इरान, मेक्सिको, पाकिस्तान, म्यानमार, श्रीलंका, बंगलादेश, भियतनामलगायत छन्।

सम्बन्धित सामग्री

एक डोज लगाए पुग्ने कोरोनाविरुद्धको रुसी भ्याक्सिन भारतमा दर्ता

एजेन्सी, २४ माघ । कोरोना भाइरसविरुद्धको रुसी भ्याक्सिन स्पुतनिक लाइट एक डोज लगाए पुग्छ । विश्वका ३० देशमा दर्ता भइसकेको यो भ्याक्सिन भारतमा पनि दर्ता भएको छ । भारतको ड्रग कन्ट्रोलर जनरल अफ इन्डियाले भ्याक्सिनको दर्ता गरेको रुसी समाचार संस्था तासले जनाएको छ । यो भ्याक्सिन यसअघि अर्जेन्टिना, बहराइन, युएइ, फिलिपिन्सलगायत देशमा दर्ता भइसकेको छ […]

स्पुतनिक भी बनाउन सिरमले पायो स्वीकृति

एजेन्सी। रुसी भ्याक्सिन बनाउन भारतको सिरम कम्पनीले स्वीकृति पाएको छ। अदार पुनवालाको कम्पनी सिरमले अब पुणेस्थित प्लान्टमा स्पुतनिक भी भ्याक्सिन परीक्षण, विश्लेषण र निर्माण गर्नेछ। सिरम संसारकै ठूलो मध्येको भ्याक्सिन निर्माता कम्पनी हो। सिरमले छिट्टै मासिक १० करोड डोज भ्याक्सिन बनाउने दाबी गरेको छ।

रुसी भ्याक्सिन स्पुतनिक–भीको दोस्रो खेप भारत पुग्यो

एजेन्सी। रुससमा बनेको कोरोनाविरुद्धको भ्याक्सिन स्पुतनिक–भीको दोस्रो खेप आज भारत पुगेको छ। यो भ्याक्सिन कोरोनाको दोस्रो लहरका निम्ति पनि उपयोगी रहेको रुसको भनाइ छ।यसअघि स्पुतनिक–भीको पहिलो खेपमा डेढ लाख डोज भारत पुर्‍याइसकिएको छ। स्पुतनिक–भी भारतमै उत्पादन गर्नेबारे प्रारम्भिक सहमति भइसकेको छ। कोरोनाविरुद्धको लडाइँमा भारतलाई साथ दिन पाउँदा खुसी लागेको स्पुतनिक–भीले ट्विटमा लेखेको छ।

भारतमा स्पुतनिक–भी बिक्री सुरु, प्रतिडोज एक हजार भारु

एजेन्सी। भारतमा रुसी भ्याक्सिन स्पुतनिक–भीको बजारमा बिक्री सुरु भएको छ। नियामक निकायले यो भ्याक्सिनलाई स्वीकृति दिएपछि प्रतिडोज एक हजार भारुमा बिक्री आरम्भ भएको हो। स्पुतनिक भी खोप भारतीय औषधि नियामक निकायले मे १ तारिखमा स्वीकृति दिएको थियो। भारतीय बजारमा उक्त खोपको मूल्य प्रतिडोज भारु ९४८ तोकिएको छ। आगामी दिनमा यो खोप भारतमै उत्पादन गर्नेबारे कुरा चलिरहेको छ।

भारतमा स्पुतनिक-भी उत्पादनको तयारी

एजेन्सी। कोरोनाविरुद्धको भ्याक्सिन अभाव झेलिरहेको भारतले रुसी भ्याक्सिन स्पुतनिक-भी उत्पादन गर्ने भएको छ। रुसले भारतलाई स्पुतनिक-भीको पहिलो खेप दिइसकेको छ। यो महिनाको अन्त्यसम्ममा स्पुतनिकको ३० लाख डोज भारतले आयात गर्ने बताएको छ। आयातका साथै स्पुतनिक-भी भारतमै उत्पादन गर्नका लागि आधा दर्जन कम्पनीसँग वार्ता आरम्भ भइसकेको छ। आगामी जुलाई महिनासम्ममा स्पुतनिक-भी भारतमै उत्पादन हुने अपेक्षा गरिएको छ।

भारतमा स्पुतनिक–भी उत्पादनको तयारी

एजेन्सी। कोरोनाविरुद्धको भ्याक्सिन अभाव झेलिरहेको भारतले रुसी भ्याक्सिन स्पुतनिक–भी उत्पादन गर्ने भएको छ। रुसले भारतलाई स्पुतनिक–भीको पहिलो खेप दिइसकेको छ। यो महिनाको अन्त्यसम्ममा स्पुतनिकको ३० लाख डोज भारतले आयात गर्ने बताएको छ। आयातका साथै स्पुतनिक–भी भारतमै उत्पादन गर्नका लागि आधा दर्जन कम्पनीसँग वार्ता आरम्भ भइसकेको छ। आगामी जुलाई महिनासम्ममा स्पुतनिक–भी भारतमै उत्पादन हुने अपेक्षा गरिएको छ।

रुसी भ्याक्सिन स्पुतनिक–भी ६० देशमा स्वीकृत

एजेन्सी। रुसमा बनेको कोरोनाविरुद्धको भ्याक्सिनले संसारका ६० देशमा आपतकालीन प्रयोगका लागि स्वीकृति पाएको छ। रुसले यो भ्याक्सिन बनाउँदा अधिकांश देशले यसप्रति विश्वास गरेका थिएनन्। भारतले मे १ तारिखमा स्पुतनिक–भीको पहिलो खोप पाउने भएको छ। यो खोपलाई स्वीकृति दिनेमा नेपाललगायत टर्की, चिली, अर्जेन्टिना, यूएई, इरान, मेक्सिको, पाकिस्तान, म्यानमार, श्रीलंका, बंगलादेश, भियतनामलगायत छन्।

रुसी भ्याक्सिन स्पुतनिक-भी आज भारत पुर्‍याइँदै

एजेन्सी। कोरोनाविरुद्धको रुसी खोप स्पुतनिक-भीको पहिलो खेप आज(मे १) भारत पुर्‍याइने भएको छ। भारतमा अहिले कोभिसिल्ड र कोभ्याक्सिन खोप लगाइएको छ। भ्याक्सिन अभाव झेलिरहेको भारतमा स्पुतनिक-भी उपलब्ध भएपछि खोप अभियान तीव्र हुने विश्वास गरिएको छ। भारतले उक्त खोप प्रतिडोज अधिकतम १० अमेरिकी डलर तिनुपर्ने छ। सुरुमा यो खोपमाथि आशंका गरिए पनि रुसले यसलाई सर्वाधिक प्रभाकारी दाबी गरेको छ।

रुसी भ्याक्सिन झन्डै ९२ प्रतिशत प्रभावकारी

एजेन्सी । रुसको स्पुतनिक पाँचौं भ्याक्सिनले कोरोनाविरुद्ध झन्डै ९२ प्रतिशत सुरक्षा दिने अन्तिम चरणको परीक्षण नतिजाले देखाएको छ । लान्सेट जर्नलमा प्रकाशित अन्तिम चरणको रिपोर्टअनुसार यो भ्याक्सिन निकै सुरक्षित छ र यसले अस्पताल भर्ना हुन र मृत्युदर रोक्न पनि पूर्ण सुरक्षा दिनेछ । अन्तिम परीक्षण डाटा सार्वजनिक हुनअघि नै प्रयोगमा आएकाले यसअघि यो भ्याक्सिनलाई लिएर केही विवाद निम्तिएको थियो । यद्यपी, यसको प्रभावकारिता र लाभ अहिले प्रदर्शित भएको वैज्ञानिकहरुले बताएका छन् । झन्डै २० हजार जनामा गरिएक