स्पुतनिक भी बनाउन सिरमले पायो स्वीकृति

एजेन्सी। रुसी भ्याक्सिन बनाउन भारतको सिरम कम्पनीले स्वीकृति पाएको छ। अदार पुनवालाको कम्पनी सिरमले अब पुणेस्थित प्लान्टमा स्पुतनिक भी भ्याक्सिन परीक्षण, विश्लेषण र निर्माण गर्नेछ। सिरम संसारकै ठूलो मध्येको भ्याक्सिन निर्माता कम्पनी हो। सिरमले छिट्टै मासिक १० करोड डोज भ्याक्सिन बनाउने दाबी गरेको छ।

सम्बन्धित सामग्री

स्पुतनिक-भी खोपको ५० लाखभन्दा बढी मात्रा उत्पादन गरेको अर्जेन्टिनाको दाबी

अर्जेन्टिनी औषधि कम्पनी रिचमण्डले कोभिड-१९ विरुद्धको रूसद्वारा विकसित स्पुतनिक-भी खोपको ५० लाखभन्दा बढी मात्रा उत्पादन गरेको बताएको छ।

अर्कोसातादेखि ‘स्पुतनिक भी’ भारतीय बजारमा

एजेन्सी। भारतमा अर्को सातादेखि रसियन भ्याक्सिन ‘स्पुतनिक भी’ लागउन सुरु गरिने भएको छ। भारतको हैदराबादमा आज लञ्च भएको यो भ्याक्सिन अर्को सातादेखि मात्र उपलब्ध हुने भएको हो। यद्यपि, यही वर्षको जुलाईदेखि स्पुतनिकको उत्पादन भारतमै सुरु हुने छ।

भारतमा ‘स्पुतनिक भी’ खोप बजारमा बिक्री शुरु, प्रति डोज एक हजार भारु

हैदराबाद । भारतको औषधि नियामक निकायले कोभिड–१९ विरुद्धको रुसी स्पुतनिक भी खोप आपतकालीन प्रयोगका लागि अनुमति दिएसँगै भारतीय बजारमा बिक्री हुन थालेको छ । डा रेड्डीज ल्याबोरेटिजको कस्टम फर्मा सर्भिसेजका प्रमुख दीपक साप्राले भारतीय शहर हैदराबादस्थित रेड्डीजको एक औषधि पसलमा पहिलो खोप लगाएर कार्यक्रमको शुभारम्भ गरिएको छ । भारतमा डा रेड्डीज ल्याबोरेटिजले रुसी स्पुतनिक भी […]

भारतमा स्पुतनिक-भी उत्पादनको तयारी

एजेन्सी। कोरोनाविरुद्धको भ्याक्सिन अभाव झेलिरहेको भारतले रुसी भ्याक्सिन स्पुतनिक-भी उत्पादन गर्ने भएको छ। रुसले भारतलाई स्पुतनिक-भीको पहिलो खेप दिइसकेको छ। यो महिनाको अन्त्यसम्ममा स्पुतनिकको ३० लाख डोज भारतले आयात गर्ने बताएको छ। आयातका साथै स्पुतनिक-भी भारतमै उत्पादन गर्नका लागि आधा दर्जन कम्पनीसँग वार्ता आरम्भ भइसकेको छ। आगामी जुलाई महिनासम्ममा स्पुतनिक-भी भारतमै उत्पादन हुने अपेक्षा गरिएको छ।

भारतमा स्पुतनिक–भी उत्पादनको तयारी

एजेन्सी। कोरोनाविरुद्धको भ्याक्सिन अभाव झेलिरहेको भारतले रुसी भ्याक्सिन स्पुतनिक–भी उत्पादन गर्ने भएको छ। रुसले भारतलाई स्पुतनिक–भीको पहिलो खेप दिइसकेको छ। यो महिनाको अन्त्यसम्ममा स्पुतनिकको ३० लाख डोज भारतले आयात गर्ने बताएको छ। आयातका साथै स्पुतनिक–भी भारतमै उत्पादन गर्नका लागि आधा दर्जन कम्पनीसँग वार्ता आरम्भ भइसकेको छ। आगामी जुलाई महिनासम्ममा स्पुतनिक–भी भारतमै उत्पादन हुने अपेक्षा गरिएको छ।

स्पुतनिक भी खोप चीनमा उत्पादन गर्ने तयारी

रसियाले विकास गरेको कोरोनाभाइरस विरुद्धको स्पुतनिक भी खोपको माग अत्यधिक बढेपछि यसको उत्पादन चीनमा गर्ने तयारी शुरु गरिएको खोप उत्पादक रसियाले जनाएको छ।

रुसी राजदुतलाई प्रधानमन्त्री ओलीले भने- 'स्पुतनिक-भी' भ्याक्सिन छिटो उपलब्ध गराउ

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले रुसबाट खरीद गर्ने क्रममा रहेको कोभिड-१९ विरुद्धको खोप 'स्पुतनिक-भी' तत्काल उपलब्ध गराउने रुसी राजदूतलाई भनेका छन्। नेपालका लागि रुसी महासङ्घका राजदूत अलेक्सेई नोभिकोभसँग भएको भेटमा प्रधानमन्त्री ओलीले यस्तो भनेका हुन्। राजदूत नेभिकोभसहितका प्रतिनिधिले खोप उपलब्ध गराउनेतर्फ आफूहरु सकारात्मक रहेको जवाफ दिएका छन्। औषधि व्यवस्था विभागले 'स्पुतनिक-भी' लाई नेपालमा प्रयोग गर्न अनुमति दिइसकेको छ।

बंगलादेशमा स्पुतनिक-भी खोप प्रयोग

एजेन्सी। बंगलादेश सरकारले रुसमा बनेको स्पुतनिक-भी खोपको आपत्कालीन प्रयोगलाई अनुमति दिएको छ। बंगलादेशको औषधि प्रशासनका प्रमुख महबुर रहमानले सो जानकारी दिएका हुन्। रहमानले बुधबार भने, "बंगलादेशले रुसमा बनेको स्पुतनिक-भी नामको कोरोनाविरुद्धको खोप प्रयोगका लागि अनुमति दिएको छ।" यसअघि बंगलादेशमा एस्ट्राजेनेकाको खोप पनि प्रयोग गरिएको छ। भारतबाट एस्ट्राजेनेका आउन ढिला भएपछि बंगलादेशले रुसी भ्याक्सिनलाई स्वीकृति दिएको हो।

रुसी खोप स्पुतनिक-भी लाई २६ देशमा अनुमति

रूसी डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड (आरडिआइएफ) ले रुसी खोप स्पुतनिक-भी प्रयोगका लागि २६ देशले अनुमति दिएको शुक्रबार जनाएको छ।

कोरोना खोप 'स्पुतनिक भी' प्रयोग गर्ने दोस्रो देश बन्यो बेलारुस

रसियामा निर्मित कोरोना भाइरसविरुद्धको खोप स्पुतनिक भी प्रयोग गर्ने देशमा बेलारुस दोस्रो बनेको छ । यसअघि रुसले यसको प्रयोग गरेको थियो । यो खोपको विकास पनि रुसमा नै एक सरकारी निकायले गरेको थियो