रुसी भ्याक्सिन स्पुतनिक–भीको दोस्रो खेप भारत पुग्यो

एजेन्सी। रुससमा बनेको कोरोनाविरुद्धको भ्याक्सिन स्पुतनिक–भीको दोस्रो खेप आज भारत पुगेको छ। यो भ्याक्सिन कोरोनाको दोस्रो लहरका निम्ति पनि उपयोगी रहेको रुसको भनाइ छ।यसअघि स्पुतनिक–भीको पहिलो खेपमा डेढ लाख डोज भारत पुर्‍याइसकिएको छ। स्पुतनिक–भी भारतमै उत्पादन गर्नेबारे प्रारम्भिक सहमति भइसकेको छ। कोरोनाविरुद्धको लडाइँमा भारतलाई साथ दिन पाउँदा खुसी लागेको स्पुतनिक–भीले ट्विटमा लेखेको छ।

सम्बन्धित सामग्री

रुसी भ्याक्सिन स्पुतनिक-भी आज भारत पुर्‍याइँदै

एजेन्सी। कोरोनाविरुद्धको रुसी खोप स्पुतनिक-भीको पहिलो खेप आज(मे १) भारत पुर्‍याइने भएको छ। भारतमा अहिले कोभिसिल्ड र कोभ्याक्सिन खोप लगाइएको छ। भ्याक्सिन अभाव झेलिरहेको भारतमा स्पुतनिक-भी उपलब्ध भएपछि खोप अभियान तीव्र हुने विश्वास गरिएको छ। भारतले उक्त खोप प्रतिडोज अधिकतम १० अमेरिकी डलर तिनुपर्ने छ। सुरुमा यो खोपमाथि आशंका गरिए पनि रुसले यसलाई सर्वाधिक प्रभाकारी दाबी गरेको छ।

मे १ मा रुसी खोप स्पुतनिक–भी भारत आइपुग्ने

एजेन्सी। रुसी भ्याक्सिन स्पुतनिक–भीको पहिलो खेप भारतमा मे महिनाको पहिलो दिन आइपुग्ने भएको छ। कोभिसिल्ड र कोभ्याक्सिन अहिले भारतमा चलिरहेको छ। स्पुतनिक–भी रुसको गमालया रिसर्च इन्स्टिच्युट अफ इपिडिमियोलोजी एन्ड माइक्रोबायोलोजीले बनाएको हो। रोयटर्सलाई रुसी प्रत्यक्ष लगानी कोषका प्रमुख किरिल दिमित्रिकले यो जानकारी दिएका हुन्। ९१.६ प्रतिशत प्रभावकारी मानिएको स्पुतनिक–भीले भारतलाई महामारीबाट जोगाउन मद्दत पुग्ने बताइन्छ।

भारतमा भ्याक्सिन आयातमा भन्सार शुल्क नलाग्ने

काठमाडौं। देशमा बढ्दो कोरोना महामारीका कारण कुनै पनि देशबाट भ्याक्सिन आयात गर्दा भन्सार महशुल मिनाहा गर्नेबारे भारत सरकारले गृहकार्य थालेको छ। यसअघि भ्याक्सिन निर्यातमा १० प्रतिशत सीमा शुल्क तिर्नुपर्थ्यो। भारतमा रुसी भ्याक्सिन स्पुतनिक–भी मे महिनासम्म आइपुग्नेछ। मोडर्ना र जोनसन एन्ड जोनसनले भारतमा स्वीकृतिका लागि आवेदन गरिसकेको छ। भारत सरकारले भ्याक्सिनको मूल्य कम गर्न सीमा शुल्क मिनाहाबारे सोचेको हो।