एजेन्सी । रुसको स्पुतनिक पाँचौं भ्याक्सिनले कोरोनाविरुद्ध झन्डै ९२ प्रतिशत सुरक्षा दिने अन्तिम चरणको परीक्षण नतिजाले देखाएको छ । लान्सेट जर्नलमा प्रकाशित अन्तिम चरणको रिपोर्टअनुसार यो भ्याक्सिन निकै सुरक्षित छ र यसले अस्पताल भर्ना हुन र मृत्युदर रोक्न पनि पूर्ण सुरक्षा दिनेछ । अन्तिम परीक्षण डाटा सार्वजनिक हुनअघि नै प्रयोगमा आएकाले यसअघि यो भ्याक्सिनलाई लिएर केही विवाद निम्तिएको थियो । यद्यपी, यसको प्रभावकारिता र लाभ अहिले प्रदर्शित भएको वैज्ञानिकहरुले बताएका छन् । झन्डै २० हजार जनामा गरिएक