राँझा (बाँके)- बर्दियाकी ३३ वर्षीया अञ्जुदेवी श्रेष्ठ र तनहुँकी ३३ वर्षीया सुप्रिता गुरुङको समलिंगी विवाहले कानुनी मान्यता पाएको छ। बढैयाताल- २ बर्दिया निवासी श्रेष्ठ र तनहुँ बन्दीपुर- ५ निवासी गुरुङ करिब पाँच वर्षअघि प्रेम सम्बन्ध जोडेर गरेको विवाहलाई बर्दियाको बढैयाताल गाउँपालिका वडा नं २ कार्यालयले दर्ता गरेकाे हाे। यससँगै श्रेष्ठ र गुरुङ कानुनीरूपमै विवाहबन्धनमा बाँधिए। […]