‘आफ्नो लडाइँ जित्यौं, अरू समलिंगी जोडीका लागि लड्छौं’

नेपालमा कानुनी मान्यता पाउने पहिलो समलिंगी जोडी भन्छन्, ‘व्यावहारिक रुपमा हामी श्रीमान्–श्रीमती भए पनि राज्यले हामीलाई श्रीमान्–श्रीमतीको मान्यता दिएको थिएन । कर्मचारीको हेलाँहोचो खेप्दै अड्डा अदालत धाइरह्यौं । यो सफलता त्यही संघर्षको उपज हो ।'