विद्यालय र क्याम्पस धाउँदै मन्त्री : सहर सुन्दरतामाथि विद्यार्थीले दिए यस्ता सुझाव

विद्यार्थीहरुले सहरमा सडक भएपनि त्यसको सुन्दरताको निम्ति सरकारले उल्लेख्य पहल नगरेको बताएका छन् । बुधबार सहरी विकास मन्त्रालयद्वारा आयोजित ‘विद्यार्थीहरूसँग मन्त्री’ विषय अन्तरक्रियामा पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुले यस्तो बताएका हुन् । सहरी योजनामा दोस्रो वर्ष अध्ययनरत सिर्जन पौडेलले काठमाडौँ लगायतका मुख्य सहरहरुमा सडक, सडकपेटी र पार्क बनाइएपनि त्यसको संरक्षणमा संघीय सरकारको पहल न्यून धारणा राखे ।  कुनै पनि भौतिक संरचना बनाएपछि काम पूर्ण भइहाल्छ भन्ने खालको भ्रम

सम्बन्धित सामग्री

छोराछोरीका लागि कस्तो विद्यालय छनोट गर्ने ?

विद्यालय छनोट गर्दा बालबालिकाको साथी कहाँ पढ्छन् ? आफ्नो भाषा, संस्कार, संस्कृति मिल्दो साथीको वातावरण छ कि छैन ? विद्यालयमा अनुशासनको नाममा गरिने व्यवहार कस्तो छ ? बालबालिकालाई आवश्यकताअनुसार परामर्श दिने व्यवस्था छ कि छैन ? यस्ता कुराहरूको एकदमै ख्याल गरिनुपर्छ ।

लामो बिदामा विद्यार्थीलाई पढाइसँग जोड्ने यस्ता छन् उपाय

काठमाडौं : घटस्थापनादेखि नै सरकारी विद्यालय बन्द छन्। यो बिदा छठसम्म रहनेछ। छठपछि पनि विद्यालय करिब १५ दिनमात्रै खुल्छन्। त्यसपछि प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन यही मंसिर ४ गते हुँदै छ। यही निर्वाचनका कारण विद्यालय फेरि बन्द हुनेछन्।दशैँ, तिहार र निर्वाचनका कारण करिब डेढ महिना विद्यार्थीहरू पढ्नबाट वञ्चित हुने भएका छन्। यति लामो समय विद्यालय बन्द रहँदा बालबालिकाहरूले पहिला पढेका कुराहरू बिर्सिन्छन्। लामो बिदामा पहिला पढेका कुराहरू बिर्सन नदिन विज्ञहरूले विभिन्न सुझाव दि

शिक्षक-अभिभावकको समझदारीले अब्बल बनेको सामुदायिक विद्यालय

सल्यान : सामुदायिक विद्यालय भनेको नेपाली समाजमा विपन्न परिवारका छोराछोरीले मात्र पढ्ने विद्यालय हो जस्तो हुँदै आइरहेको छ। सामान्य आम्दानी गर्नेहरू पनि ठूलाबडाको सिको गरेर सकी नसकी संस्थागत विद्यालयमा पढाउन बाध्य छन्।दक्ष र अनुभवी शिक्षक र भौतिक सुविधा हुँदा समेत सामुदायिक विद्यालयमा पढाइ राम्रो हुँदैन भन्ने र अंग्रेजी बोल्नु र पढ्नुलाई मात्र छोराछोरीले राम्रो पढिरहेको भन्ने अभिभावकको बुझाइ छ। अधिकांश अभिभावक सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी पढ्न पठाउन नाक खुम्च्याउँछन्।केही यस्

आज यस्ता छन् तपाईँले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)

अडियो सुन्नुहोस्ः  महिलालाई विद्यालय जान दिने निर्णयबाट पछि तालिवान हट्यो अफगानिस्तानमा सरकार हाँकिरहेको तालिवानले महिलालाई विद्यालय जान दिने निर्णय रद्द गरेको छ । सर्वत्र दबाबपछि अफगानिस्तानमा तालिवानले बुधबारदेखि छात्रालाई विद्यालय जान दिने निर्णय गरेको थियो । तर, विद्यालय जान दिने निर्णय कार्यान्वयन हुने केही घण्टा अगाडि एकाएक निर्णय नै रद्द गरिएको हो । छात्रालाई […]

विद्यालय शिक्षा सुधार्न यस्ता छन् शिक्षा मन्त्रालय ३० प्राथमिकता

विद्यालय शिक्षा सुधार गर्न शिक्षा मन्त्रालयले ३० प्राथमिकता अघि सारेको छ । सबै विद्यार्थीलाई कोभिड–१९ विरुद्धको खोप व्यवस्था गर्नेदेखि शिक्षक कर्मचारीका पेसागत समस्याहरू तीनै तहको सरकारको क्षेत्राधिकारभित्र रही समाधान गर्न...

विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि विद्यालय बन्द

बझाङ । विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि बझाङको साइपाल गाउँपालिका–४ मा रहेको धुली माध्यमिक विद्यालय केही दिनका लागि बन्द गरिएको छ । करिब एक हप्तादेखि विद्यार्थी र शिक्षक एकाएक कोरोनाको जस्तै लक्षणसहित बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको हो । बिरामी विद्यार्थी र शिक्षकमा खोकी लाग्ने, ज्वरो आउने, घाँटी दुख्ने, वाकवाकी लाग्ने र घोरिरहनेजस्ता लक्षण देखिएको धुली माविका सहायक प्रधानाध्यापक धनबहादुर विष्ट भोटेले बताउनुभयो । विद्यालयमा कक्षा ६ देखि ९ सम्मका विद्यार्थी र केही शिक्षकमा यस्ता लक्षण देखिएका छन् । एक हप्तासम्म औषधोपचार गर्दा पनि बिरामी विद्यार्थी र शिक्षकलाई ठीक नभएपछि बुधबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले विद्यालय बन्द गरेको हो । दुई सय ४५ विद्यार्थी र ११ शिक्षक रहेको धुली माविले नजिकै रहेको धुली सामुदायिक स्वास्थ्य केन्द्रबाट उपचार गर्न खोजे पनि बिरामीमा कुनै परिवर्तन नआएको समेत प्रधानाध्यापक विष्ट भोटेले बताउनुभयो । साथै केही दिन अगाडि मात्र धलौनमा रहेको धलौन माविका विद्यार्थी र शिक्षकमा पनि यस्तो लक्षण देखा परेको र शिक्षक र विद्यार्थीलाई उक्त लक्षण सरेकाले चार दिनसम्म बन्द गरिएको थियो । उपचार गरी ठीक भएपछि अहिले विद्यालय सञ्चालनमा आएको स्थानीय वसन्त बोहोराले बताउनुभयो । रासस