सल्यान : सामुदायिक विद्यालय भनेको नेपाली समाजमा विपन्न परिवारका छोराछोरीले मात्र पढ्ने विद्यालय हो जस्तो हुँदै आइरहेको छ। सामान्य आम्दानी गर्नेहरू पनि ठूलाबडाको सिको गरेर सकी नसकी संस्थागत विद्यालयमा पढाउन बाध्य छन्।दक्ष र अनुभवी शिक्षक र भौतिक सुविधा हुँदा समेत सामुदायिक विद्यालयमा पढाइ राम्रो हुँदैन भन्ने र अंग्रेजी बोल्नु र पढ्नुलाई मात्र छोराछोरीले राम्रो पढिरहेको भन्ने अभिभावकको बुझाइ छ। अधिकांश अभिभावक सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी पढ्न पठाउन नाक खुम्च्याउँछन्।केही यस्