अन्डरग्राउन्ड पार्किङलाई अरू प्रयोजनमा नलगाउनुस्, कारबाही सुरु गरेका छाैँ : मेयर साह

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साहले पार्किङकाे नक्सा पास भएका तर अन्य रूपमा प्रयाेग भएका संरचनाहरूकाे अनुगमन, खाेजी र कारबाही सुरु भएकाे बताउनुभएकाे छ । आज साेमवार नयाँ बानेश्वर प्लाजाको अन्डरग्राउन्डमा गाडी जान मिल्ने गरी गाह्रो र अन्य संरचना हटाउन थालिएसँगै कारबाही सुरु भएकाे मेयर साहले बताउनुभयाे । पार्किङ प्रयोजनका लागि भनेर अन्डरग्राउन्डको नक्सा पास गर्ने तर अन्डरग्राउन्डमै पसल थापेर गाडी भने सडकमा पार्किङ गरेकाे भन्दै महानगरले यसअघि नै पसल हटाउन निर्देशन दिएको थियो ।&nbs...

सम्बन्धित सामग्री

विद्यालयले किताब र पोसाक बेचे दण्डित गर्छौ : मेयर साह

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले विद्यालयहरूले किताब र पोसाक बेचेको गुनासो आएको बताएका छन् । विद्यालयले किताब र पोसाक बेच्नु संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ विपरीत भएको मेयर साह बताउँछन् । ‘विद्यालय आफैँले किताब बेच्ने गरेको र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो पटकपटक आइरहेको छ,’ मेयर साहले आज […]

जनकपुरधामका मेयर साह महामूर्ख घोषित

काठमाण्डौ – २०७९ सालको महामूर्ख उपाधि जनकपुरधामका नगरप्रमुख मनोजकुमार साहलाई प्रदान गरिएको छ ।  जनकपुरधामको मिथिला नाट्य कला परिषद्ले हरेक वर्ष होलीको अवसरमा आयोजना गर्ने गरेको होली महोत्सव तथा महामूर्ख सम्मेलनका क्रममा यस वर्षको महामूर्खको उपाधि मेयर साहलाई प्रदान गरिएको हो । नेपाली कांग्रेसमा आबद्ध उहाँ मेयरको टिकट पार्टीको भागमा नपरेपछि स्वतन्त्रबाट निर्वाचित हुनुभएको थियो । जनकपुरधाम नगरको फोहरलगायत समस्या समाधानको पहल गरेको भन्दै उहाँलाई त्याे सम्मान दिइएको आयोजकले जनाएको छ ।  नगरप्रमुख ...

हामी अझै केही समय गाली र आलोचनामात्रै सहन तयार छौँः मेयर साह

काठमाडौं, भदौ १९ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफूहरु सय दिनको दौडमा नभई ५ वर्षका लागि तय गरिएका योजनाहरुमा काम गरिरहेको बताएका छन् । काठमाडौं महानगरको मेयर पदको कार्यकाल १०० दिन पुगेको अवसरमा आइतबार सामाजिक सञ्जालमार्फत मेयर साहले आफूहरु अझै केही समय गाली र आलोचनामात्रै सहन तयार रहेको तर हतार गरेर महानगरका समस्याहरुको दिगो […]

अण्डरग्राउण्डका पसल हटाउन मेयर साह ‘एक्सन’मा

काठमाडौं महानरपालिकाले बानेश्वर आसपासमा रहेका अण्डरग्राउण्डका पसल हटाउन सुरु गरेको छ ।सोमबार बिहानदेखि नयाँ बानेश्वरमा नेपाल प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरीसहित काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह आफैं अण्डरग्राउण्डका पसल हटाउन ‘एक्सन’मा उत्रिएका हुन् । मेयर साहले घरधनीहरूले अण्डरग्राउण्डमा पार्किङको व्यवस्था गर्ने भनेर नक्शा पास गरे पनि घर बनाई अण्डरग्राउण्डमा पार्किङ नबनाई पसल राख्न दिएको भन्दै […]

सार्वजनिक कार्यक्रममा नशामा लठ्ठ मेयर बालेन साह, सामाजिक सञ्जालमा विरोध र बचाउ

टेलिभिजनले लाइभ समेत गरेको एउटा सार्वजनिक कार्यक्रममा मदिरा वा अन्य कुनै नशाले लठ्ठ भएका काठमाडौं महानगरका मेयर बालेन साहको भिडियोको सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । उक्त भिडियोमा मेयर साह मदिरा वा कुनै नशाजन्य पदार्थको अत्याधिक नशामा रहेको प्रष्ट देखिन्छ । इमेज टेलिभिजनले लाइभ गरेको नेपहपको श्रीपेच कार्यक्रमको फाइनलमा मेयर साह स्टेजमा लरबरिएको, कार्यक्रम संचालकबाट […]

ल्याण्डफिल साइटमा रंगशाला र पार्क बनाउन चाहान्छु : मेयर साह

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सिसडोलको ल्याण्डफिल साइटमा रंगशाला र पार्क निर्माण गर्ने चाहना व्यक्त गरेका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) निर्वाचनमा अध्यक्षका उम्मेदवार पंकजविक्रम नेम्बाङसँगको भेटमा मेयर साहले सो...

मेयर साह र मुख्यमन्त्री पाण्डेबीच भेट

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाह र बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेबीच भेटवार्ता भएको छ ।  मुख्यमन्त्री पाण्डे निवास स्वयम्भूमा आज आइतवार बिहान भएको भेटमा काठमाण्डाै महानगरभित्रको फोहरमैलाको व्यवस्थापन, सुशासन, सेवा प्रवाह र सम्पदा संरक्षणको विषयमा छलफल भएको मुख्यमन्त्री पाण्डेका प्रमुख स्वकीय सचिव उमेश रुपाखेतीले जानकारी दिनुभयो । यस्तै भेटमा आउँदा दिनमा बाग्मती प्रदेश सरकार र महानगरले परिणाममुखी सहकार्य गर्ने विषयमा समेत छलफल भएको थियो ।  वैशाख ३० गते सम्पन्न पालिका...

सिसडाेललाई एक हप्ताभित्र दुर्गन्धमुक्त बनाउँछाैँ : मेयर साह

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहर विर्सजन गर्ने नुवाकोटको सिसडोललाई एक हप्ताभित्र दुर्गन्धमुक्त बनाउने आश्वासन दिनुभएको छ ।  डेपुटी मेयर सुनिता डंगोलसहित आज शुक्रवार बिहान काठमाण्डाैकाे फोहर विर्सजन गर्ने सिसडोलको अनुगमन गर्नेक्र ममा स्थानीयवासीको गुनासो सुनेपछि मेयर साहले केमिकल हालेर एक हप्ताभित्र त्यहाँ दुर्गन्ध आउने अवस्थाको अन्त्य गर्ने बताउनुभएको हो । त्यसका लागि आफूले विज्ञहरूसँग आवश्यक छलफल गरेको पनि उहाँले बताउनुभयो । मेयर साहले तीन महिनाभित्र मल र ग्यास दुवै निकाल्न सुरु ...

काठमाडौं महानगरलाई विश्वकै उत्कृष्ट सहर बनाउन्छुः नवनिर्वाचित मेयर साह

काठमाडौं, जेठ १३। काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर वालेन्द्र साहले महानगरपालिकाका मतदातालाई परिवारका रुपमा लिएको भन्दै सबै मिलेर काठमाडौंलाई विश्वको सुन्दर सहर बनाउन सहकार्य आवश्यक रहेको बताएका छन् । शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा निर्वाचन आयोगले महानगरको निर्वाचन परिणाम घोषणा कार्यक्रममा मेयर साहले भने, ‘हामी महानगरवासी सबै एकै परिवार हौैं । हामी सबै मिलेर काठमाडौंलाई […]

काँग्रेस नसच्चिए नयाँ पार्टी खोल्छु : मेयर साह

जनकपुरधाम उपमहानगरपालिकाका नवनिर्वाचित मेयर मनोजकुमार साहले नेपाली काँग्रेस नसच्चिएमा नयाँ पार्टी खोल्ने संकेत गरेका छन् । मेयरमा निर्वाचित भएपछि सोमबार मतदातालाई धन्यवाद दिँदै साहले काँग्रेस नसच्चिएमा नयाँ पार्टी खोल्ने संकेत दिएका हुन् ।साह काँग्रेसका बागी उम्मेदवार हुन् । पाँच दलीय गठबन्धनमा काँग्रेसलाई जनकपुरधाम उपमहानगरको मेयर नपरेपछि स्वतन्त्र उम्मेदवारी दिएका साहले काँग्रेसमा पुनः जाने भन्ने कुरा सम्भव नरहेको बताए ।  उनले काँग्रेसले निजी स्वार्थ पूरा गर्न कम्युनिष्टहरूसँग गठबन्धन गरे