आज ‘जातीय भेदभाव तथा छुवाछूत उन्मुलन दिवस’ । जातीय भेदभाव भन्नु र छुवाछूत भन्नु एउटै कुरा होइन । भेदभावमा पुस्तौं पुस्ता देखिको अर्थराजनीतिक शोषण र बहिष्करण दासत्व लुकेको छ भने छुवाछूतमा व्यवहार र उच्च घमण्डीय संस्कृति । ‘मैंले त छुवाछूत गरेको छैन, म त दलित साथीसँगै खाना खान्छुु’ भनेर देखावटी साखुल्ले पार्नेहरू धेरै हुन्छन् । यति त जो कसैले अनिवार्य नै गर्नुपर्छ । तर गरें भनेर नाक फुलाउनुको भने कुनै अर्थ छैन । किनकि आजको समाज चेतना यस्ता औपचारिकताबाट धेरै अगाडि बढिसकेको छ