दाङ : तुलसीपुर उपमहानगर-१८ बिजौरीकी ईश्वरी चौधरीले २ दिन लाइन लागेपछि बल्लतल्ल १० किलो डिएपी मल पाइन्। खेती उकास्न उनलाई २ बोरा युरिया र २ बोरा डिएपी मल चाहिन्छ।सरकारले दिएको १० किलो मलले आफूलाई नपुग्ने उनको भनाइ छ। उनले भनिन्, ‘२ दिनपछि ५ जनाले एक बोरा मल पायौँ। त्यो घरमा लगेर भाग लगाउने हो। युरिया मल पाएका छैनौँ। मलाई ४ बोरा चाहिन्छ‚ १० किलो मात्रै पाएँ। यो मल मकैमा हालूँ कि धानमा?’उनले विगतका वर्षहरूमा पनि मलको यस्तै समस्या भोगेको भन्दै सरकारले किसानको स