रोपाइँ हुने पानी नपरेको भन्दै किसान चिन्तित

म्याग्दी : मध्य असार हुनै लाग्दा पनि मल र पानीको अभावले म्याग्दीका किसानले धान रोपाइँ गर्न सकेका छैनन्। धान रोप्ने बेलासम्म पनि पर्याप्त पानी नपरेको र रासायनिक मल नपाइएकोले किसानहरु समस्यामा परेका हुन्। व्याडमा बिऊ हुर्केर छिप्पिन लागेको छ, रोपाइँका लागि पर्याप्त पानी पनि परेको छैन,रासायनिक मल पनि बजारमा अझै पाइएको छैन, विमिराबोटका किसान नारायण सापकोटाले भने ‘मल पनि पाइँदैन,पानी पनि आउँदैन, के गरेर रोपाइँ गर्ने हो?’यस्तै, अर्को किसान सुरेन्द्र थापा पनि मल र पानी पर्खेर बसेको बता

सम्बन्धित सामग्री

दमकलको पानीले धान रोपाइँ गर्दै पर्साका किसान

पर्सा : रोपाइँको गीत गुञ्जिने बेलामा पर्साका खेतमा दमकलको पानी लगाएर धान रोप्न थालिएको छ। साउनको दोस्रो साता बित्दासमेत पानी नपरेपछि रोपाइँका लागि दमकलको भर पर्नुपरेको हो। किसान चर्को मूल्य तिरेर खेतमा रोपाइँ गर्न पानीका लागि दमकल लगाएका छन्। रोपिएको धान पनि चर्को घामले सुक्ने हो कि फल्ने हो भनेर किसान चिन्तित छन्।डिजलबाट चल्ने दमकलको भाडा प्रतिघण्टा ४ सय रुपैयाँ र बिजुलीबाट चल्नेको मूल्य प्रति घण्टा ३ सय रुपैयाँ तिर्नु परेको पोखरिया–४ का सन्तोषप्रसाद चौहानले बताए। गण्डक नहरमा पा

पर्याप्त पानी नपर्दा रोपाइँमा ढिलाइ

चितवन – पर्याप्त पानी नपर्दा आकाशे पानीको भरमा रोपाइँ गर्ने किसान चिन्तित भएका छन् । नारायणी लिफ्ट सिँचाइको पानी पनि पर्याप्त मात्रामा नचल्दा पश्चिम चितवनका किसानले धान रोप्न पाएका छैनन् । सिँचाइको अभावका कारण समयमा धान रोपाइँ गर्न नपाउँदा ब्याडमै बीउ बुढिएपछि उनीहरू चिन्तित भएका हुन् । विशेषगरी भरतपुर महानगरपालिकाका किसान बीउ बुढिँदै गएपछि चिन्तित […]

समयमा वर्षा नभएकाले रोपाइँ ढिलो

रौतहट । आकाशे पानीको भरमा धान रोप्दै आएका रौतहटका किसान समयमा वर्षा नहुँदा चिन्तित भएका छन् । गतवर्ष यो समयमा अधिकांश स्थानमा रोपाइँ शुरू भइसकेको थियो । तर यसपाली अधिंकाश भूभागमा धान रोपाइँका लागि पर्याप्त वर्षात् हुन नसक्दा रोपाइँ नभएको किसानहरू बताउँछन् । मनसुन शुरू भए पनि रौतहटमा अहिलेसम्म पर्याप्त पानी परेको छैन । केही दिन अघिदेखि पानी परे पनि रोपाइँका लागि पानी अपुग भएकोे चन्द्रपुर–४ का कृषक मीनप्रसाद मैनालीले बताए । आकाशे पानीको भर नभएपछि मोटरबाट सिँचाइ गरी धान रोपाइँ गरेको उनको भनाइ छ । उनका अनुसार यहाँका किसानले आकाशे पानी र बोरिङको भरमा रोपाइँ गर्दै आएका छन् । कतिपयले महँगो मूल्य तिरेर बोरिङबाट सिँचाइ गरी धान रोपेका छन् । पछिल्लो समय कामदार नपाइने समस्याका कारण कतिपय किसानले खडेरीमै रोपाइँ गरेका हुन् । तर धेरैजसो किसान वर्षात्को पर्खाइमा बसेका छन् । पर्याप्त पानी हुँदा उहाँका किसानले जेठको अन्तिम सातादेखि नै रोपाइँ शुरू गर्छन् । यो वर्ष पर्याप्त पानी नपरेकाले किसानले बनाएका धानको ब्याड पनि छिप्पिएको छ । आकाशे पानीको भर पर्दा जिल्लाको अधिकांश भूभागमा रोपाइँ नै हुन नसकेको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ । समयमै धान रोप्न नपाउँदा धान उत्पादन समेत घट्न सक्ने भन्दै किसान चिन्तित बनेका छन् । कुल १ लाख १२ हजार ६०० हेक्टर खेतीयोग्य जमीन रहेको रौतहटमा झन्डै ४९ हजार ३०० हेक्टरमा धानखेती गरिन्छ ।

अझै परेन पानी, राेपाइँ गर्न नपाउँदा किसान चिन्तित

बाँके – बाँकेको नरैनापुर गाउँपालिकामा बर्सात नहुँदा धान रोपाइँ प्रभावित भएको छ। सिँचाइको व्यवस्था नभएका कारण आकाशे पानीको भरमा धानखेती गर्दै आएका नरैनापुरका किसान अहिलेसम्म पनि रोपाइँ गर्न नपाउँदा चिन्तित भएका छन्। स्थानीयवासी सोहनलाल यादवले नरैनापुर क्षेत्रमा पर्याप्त बर्सात नभएका कारण अहिलेसम्म करिब १५ प्रतिशत मात्र धान रोपाइँ भएको जानकारी दिए। उनले भने,’रोपाइँ भएको धान […]

मधेसमा परेन पानी, भएन रोपाईं

जनकपुरधाम- अन्नको भण्डारण मानिएको मधेस प्रदेशमा यस वर्ष समयमा धान रोपाइँ हुन नसक्दा किसान चिन्तित भएका छन् । समयमा पानी परेको भए मधेसका अधिकांश जिल्लामा रोपाईं लगभग सकिनुपर्ने थियो । अहिलेसम्म करिब ५७ प्रतिशत खेतीयोग्य जग्गामा मात्र धान रोपाइँ हुन सकेको जनाइएको छ । समयमा वर्षा नहुँदा प्रदेशको ४३ प्रतिशत खेत अझै बाँझो रहेको मधेस […]

मधेसमा परेन पानी, भएन रोपाइँ

अन्नको भण्डारण मानिएको मधेस प्रदेशमा यस वर्ष समयमा धान रोपाइँ हुन नसक्दा किसान चिन्तित भएका छन् । समयमा पानी परेको भए मधेसका अधिकांश जिल्लामा रोपाइँ लगभग सकिनुपर्ने थियो । अहिलेसम्म करिब ५७ प्रतिशत खेतीयोग्य जग्गामा मात्र धान रोपाइँ भएको जनाइएको छ ।समयमा वर्षा नहुँदा प्रदेशको ४३ प्रतिशत खेत अझै बाँझो रहेको मधेस प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका बाली विकास अधिकृत मनिषकुमार पालले जानकारी दिए । अहिलेसम्म प्रदेशमा सबैभन्दा बढी सप्तरीमा ७५ प्रतिशत र सबैभन्दा कम पर्सामा ४२ प्रतिशत जग्

सुदूरपश्चिममा ढिलो मनसुन शुरु

–सिद्धराज भट्टसुक्खा मौसमले चिन्तित कैलाली र  कञ्चनपुर जिल्लाका किसान साउन लागेसँगै भएको मनसुनी वर्षाले खुशी भएका छन् ।  ती दुई जिल्लामा असार महिनाभरी पर्याप्तमात्रामा वर्षा हुन नसक्दा खडेरीले धान बालीमा प्रतिकूल असर पुगेको जनाउँदै किसान चिन्तित देखिएका थिए । “पर्याप्त पानी नपर्दा धान रोपाइँ गरिएको खेतमा चिरा परेर बाली बिग्रिन लागेको चिन्ता थियो”, धनगढी उपमहानगरपालिका–१३ किसान मोहन पाण्डेयले भने, “साउन लागेसँगै पर्याप्त वर्षा भएपछि अब बाली सप्रिने आशा जगाए

बाँकेमा सुक्यो रोपेको धान, किसान चिन्तित

नेपालगञ्ज – लामो समयदेखि पानी नपर्दा बाँकेमा रोपेको धान सुकेको छ। जिल्लामा असार सकिँदा ८५ प्रतिशत मात्रै रोपाइँ भएको छ। १५ प्रतिशत रोपाइँ हुन बाँकी छ। तीन सातादेखि पानी नपर्दा बाँकेमा रोपेको धान सुकेको हो। धान रोपेको गरामा धाँजा फाटेको छ। लामो समयदेखि पानी नपर्दा किसान चिन्तित भएका छन्। कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख सागर […]