रौतहट : हरेक वर्ष मलको समस्या झेल्दै आएका रौतहटका किसानलाई यस वर्ष पनि भारतीय मलको भर गर्नु परेको छ। नेपालमा रासायनिक मल नपाइएपछि रौतहटका किसान भारतीय मलमाथि निर्भर हुनुपर्ने बाध्यता छ।जिल्लाको दक्षिणी भेगमा भारतीय सीमावर्ती क्षेत्रबाट सहजै मल आउने गरेको भएपनि उत्तरी भेगका किसानले भने अभाव झेल्नु परेको हो। युरिया मलका लागि किसान यतिबेला 'पानी बिनाको माछा' जस्तै छट्पटाइरहेका छन्।सरकारले यस वर्ष मल अभाव नहुने दाबी गरेकाे थियाे तर रौतहटको बजारमा यतिबेला मलको चरम अभाव भएको हो।अन्य मल पा