तार भूमिगत गर्दा सडक र फुटपाथ अस्तव्यस्त

प्राधिकरणले ठेकदार कम्पनीलाई जिम्मेवार नबनाउँदा यसैपनि खाल्डैखाल्डाले समस्याग्रस्त काठमाडौंमा सडक र फुटपाथहरू थप भद्रगोल बनेका छन् ।

सम्बन्धित सामग्री

एयरपोर्ट–माइतीघरको फुटपाथ भत्काएर तार भूमिगत गर्न प्राधिकरणको माग

सडक विभाग भन्छ– अनुमति दिन सकिँदैन एयरपोर्टदेखि माइतीघरसम्मका फुटपाथ काठमाडौंका अन्य ठाउँका भन्दा राम्रा र चिटिक्क छन् । सडक डिभिजन काठमाडौं र काठमाडौं महानगरले यो खण्डको फुटपाथ मर्मत एक वर्षअघि मात्रै गरेको...

भौतिक पूर्वाधार निर्माणमा समन्वय गर्न समिति गठन

अब विनाजानकारी सरकारी निकायले सडक, फुटपाथ, ढल खन्न, बिजुलीको तार भूमिगत, इन्टरनेटको तार जडानलगायत कार्य गर्न

पैदलमार्गमा विद्युत् प्राधिकरणको ‘पासो’

बिजुलीका तार भूमिगत गर्ने नाममा कालोपत्रे सडक भत्काउनुका साथै फुटपाथ नै छेक्ने गरी विद्युत् सामग्री बक्स राखिएका छन् धराप १ चाबहिल महाँकालमा विद्युत् प्राधिकरणले बिजुलीका तार भूमिगत गर्न सडक खनेको करिब दुई...

बिजुलीको ‘बक्स’ले छेक्दैछ पैदलयात्रुको बाटो

बिजुलीको तार भूमिगत गर्दा प्राधिकरणले बिजुलीको लाइन वितरण गर्न फुटपाथ नै ढाक्ने गरी बक्स राख्दा पैदलयात्रुलाई पेटीमा हिंड्न अप्ठ्यारो मात्रै भएको छैन, पैदलयात्रुहरु सडक पेटी नै छाडेर मुल सकडबाटै जोखिम मोलेर हिंड्न बाध्य छन् ।

पुलचोक–गोन्द्राङ ६ लेन सडक निर्माणले गति लिँदै

चितवन । मुलुकमा सञ्चालन भइरहेका विकास निर्माणका काम सुस्त भइरहेको अवस्थामा चितवनको पुलचोक–गोन्द्राङ ६ लेन सडकको कामले गति लिएको छ । भरतपुर महानगरपालिकाको गौरवको आयोजनाको रूपमा रहेको सो सडकको काम करीब ४० प्रतिशत सकिएको छ । सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी शिव खनालका अनुसार विभिन्न कारणले सडक विस्तारमा समस्या आएको भए पनि पछिल्लो समय उल्लेख्य प्रगति देखिएको छ । उनले भने, ‘कोभिड–१९, मनसुनमा अत्यधिक वर्षा, ढुंगा, गिट्टी, बालुवालगायत निर्माण सामग्री अभावका कारण विगतमा काम प्रभावित भएको थियो ।’ चालू आर्थिक वर्षभित्र सडक निर्माण ७० प्रतिशत काम सक्ने लक्ष्यका साथ काम अघि बढेको उनले बताए । २०७७ कात्तिक ११ गतेदेखि सडक विस्तार कार्य शुरू भएको थियो । २०७९ फागुन ११ गतेसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने गरी इन्डो सगुन जेभीसँग ठेक्का सम्झौता गरिएको छ । भरतपुर र नारायणगढ क्षेत्रमा पर्ने यो सडकमा अत्यधिक सवारी चापका साथै दुर्घटना समेत बढ्न थालेकाले शहरी सौन्दर्यीकरणलाई समेत ध्यानमा राख्दै विस्तारको काम थालिएको हो । नारायणगढ बजारको पुल्चोकदेखि भरतपुरको गोन्द्राङसम्मको ६ दशमलव शून्य ८ किलोमिटर लामो पूर्वपश्चिम राजमार्गलाई ६ लेनमा विस्तार गरिँदै छ । ६ लेनमा विस्तार भइरहेको नारायणगढ बुटवल सडकअन्तर्गतको एक खण्डका रूपमा पुल्चोक–गोन्द्राङ सडकखण्डको पनि विस्तार गर्न लागिएको हो । २८ महीनाभित्र विस्तार गर्नुपर्ने सडकको लागत रू. १ अर्ब १२ करोड छ । सडक विस्तार शुरू भएपछि हालसम्म रू. २६ करोडभन्दा बढी खर्च भइसकेको सूचना अधिकारी खनालले जानकारी दिए । ‘अहिले सडक विस्ताका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री डम्पिङ गरिएको छ,’ उनले भने । टिकौली जंगल छेउ गोन्द्राङदेखि केन्द्रीय बस टर्मिनलचोकसम्म दुई लेन रहेको सडक केन्द्रीय बस टर्मिनलदेखि रिजालचोकसम्म चार लेन छ । यो सडकमा अहिले चौबिसकोठी, भरतपुर आरोलो र बजार क्षेत्रमा चार लेन छ । दुई लेन भएको स्थानमा थप चार लेन र चार लेन भएको स्थानमा थप दुई लेन थपिने खनालले जानकारी दिए । विद्युत्का खम्बा र खानेपानीको पाइप सार्न समस्या भएकाले सम्बन्धित निकायसँग समन्वय गरिरहेको इन्जिनियर खनालको भनाइ छ । ठेक्कामा नै खम्बा सार्न लाग्ने खर्चसमेत समावेश गरिएको छ । ठेकेदार पक्षले तोकिएको समयअघि नै काम सक्ने बताएको छ । ५० मिटर चौडाइ रहने ६ लेनको सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र बिजुलीका तार भूमिगत गर्ने योजना छ । सडकको दाँया–बाँया ११ दशमलव ५ मिटरको कालोपत्र हुनेछ । त्यसको बीचमा तीनदेखि चार मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५ दशमलव ५ मिटरदेखि ६ मिटरसम्मको सर्भिस लेन दुवैतिर हुनेछ । त्यसभन्दा पर तीनदेखि चार मिटरको फुटपाथ हुने खनालले बताए । बीचको मेडियन र सर्भिस लेनको डिजाइन तीन खण्डमा फरक फरक छ । उनका अनुसार पुलचोकदेखि लायन्सचोकसम्म, लायन्सचोकबाट क्याम्पस गेट र क्याम्पस गेटबाट गोन्द्राङसम्म अलग–अलग डिजाइन भएकाले त्यसमा केही फरक हुनेछ । बीचको भागमा हरियालीसहितका फूल रोपिनेछ । रासस

पैदल यात्रीलाई बाटो खोइ!

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकामा तार भूमिगत गर्दा फुटपाथ छेक्ने गरी राखिएको इलेक्ट्रिक क्याबिनेट बक्सले सर्वसाधरण हैरान भएका छन्।सडक विस्तार गर्दा साँघुरिएको फुटपाथमा नै बक्स राख्दा पैदल यात्रीलाई आवतजावत गर्दा समस्या भएको छ। बक्सका कारण फुटपाथमा एकजनाबाहेक हिँड्न मुस्किल पर्छ। एकभन्दा बढी भए सडकमा नै जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता छ।काठमाडौंको अनामनगर, महाराजगञ्ज, रत्नपार्क‚ चाबहिललगायत क्षेत्रमा राखिएको क्याबिनेट बक्सले पैदल यात्रीलाई समस्या भएको छ। सर्वसाध

खाल्डो खन्ने प्रवृत्ति बढ्दा एम्बुुस बन्दै काठमाडौंका सडक

काठमाडौं, मंसिर १३ । नेपाल विद्युत प्राधिकरण र सडकसँग सम्बन्धित विभिन्न निकायबीच समन्वय नहुँदा काठमाडौंका सडक अस्तव्यस्त छन् । भूमिगत तार विछ्याउने नाममा प्राधिकरणले फुटपाथ अस्तव्यस्त बनेको छ । पैदलयात्रीले बाटो गुमाएका छन् भने सडक धुलो र खाल्डा खुल्डीले जोखिमपूर्ण बन्दै गएको छ । विद्युतका लागि तार भूमिगत गर्दा प्राधिकरणले सडक खन्ने तर विभागले समयमा […]

बनिनसक्दै खन्न थालिँदै छ उपत्यकाको फुुटपाथ

बिजुलीको तार भूमिगत गर्नेबारे समन्वय नहुँदा फेरि भत्काउनुपर्ने झन्झट खाल्टाखुल्टी र पुरानो फुटपाथ भत्काएर नयाँ अपांगमैत्री फुटपाथ निर्माणले उपत्यकाका सडक चम्काएको छ । तर, रंगीन र चिटिक्क बनेका फुटपाथ केही दिनमा फेरि...